Responsive Ad Slot

latest

आआफ्नो पार्टीभित्र छलफल गरेपछि मात्र निर्णयक बैठक बस्ने सहमति I

Thursday, March 1

/ by Admin BHOLA THAPA

काठमान्डौ ,फागुन १८-शान्ति र संविधानको बाँकी काम पूरा गर्नेबारे आआफ्नो पार्टीभित्र थप छलफल गरेपछि मात्र निर्णयक बैठक बस्ने प्रमुख दलहरुबीच सहमति भएको छ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बिहान बसेको माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति भएको हो ।

आजको बैठकमा आआफ्नो जिम्मेवारी अनुसार नेताहरुले शान्ति र संविधानबारे सहमतिको मौखिक खाका प्रस्तुत गरेका थिए । गएको १२ गते बसेको शीर्ष नेताको बैठकले शान्तिप्रक्रिया र सेना समायोजनसम्बन्धी विवादमा सहमतिको खाका ल्याउने जिम्मा माओवादी अध्यक्ष प्रचण्डलाई, विगतका सम्झौता अनुसार आयोगहरु गठनको प्रक्रिया र आगामी कार्ययोजनाको बारेमा प्रस्ताव बुझाउन काङ्ग्रेस सभापति सुशील कोइराला र संविधान लेखनका विवादित विषयमा सहमति खोज्नेबारेको खाका प्रस्तुत गर्ने जिम्मा एमाले बरिष्ठ नेता माधव नेपाललाई दिएको थियो ।

आजको बैठकमा माओवादीले ७ बुँदे सहमति अनुसार नै शान्ति र संविधानको बाँकी काम पूरा गर्ने प्रतिबद्वता जनाएको एमाले नेता भीम रावलले जानकारी दिनुभयो भोलि आआफ्नो पार्टीमा शान्ति र संविधानबारे विस्तृत छलफल गर्ने र पर्सी फेरि ३ प्रमुख दलको बैठक बस्ने सहमति भएको नेता रावलले बताउनुभयो । माओवादी लडाकुहरुको शिविर व्यवस्थापनको बारेमा पनि आजको प्रमुख दलहरुको बैठकमा छलफल भएको बुझिएको छ ।

हिजो मात्रै माओवादी लडाकु रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समितिको बैठकले देशका बिभिन्न स्थानमा रहेका माओवादी लडाकुका १३ ओटा सहायक शिविर यहि फागुन २७ भित्र खाली गराउने निर्णय गरेको थियो ।
यसैबीच लडाकु शिविर खाली गराउनेबारेमा छलफल गर्न विशेष समिति मातहतको सचिवालयको बैठक आज बस्दैछ । विशेष समितिको सचिवालय नयाँवानेश्वरमा अहिले केहीबेरमा सुरु हुने बैठकमा लडाकु शिविरको व्यवस्थापन, भौतिक पूर्वाधारको सुरक्षा लगायतको बारेमा छलफल हुने सचिवालयले जनाएको छ । सिआईएन

Don't Miss
© all rights reserved
made with by netKUTI