एजेन्सी, २५, फागुन- भारतीय अभिनेत्री विद्या बालनलाई चलचित्र ‘द डर्टी पिक्चर’मा गरेको उत्कृष्ट अभिनयका लागि भारतीय राष्ट्रिय फिल्म पुरस्कार प्रदान गरिएको छ ।
भारत सरकारले हरेक वर्ष आयोजना गर्ने फिल्म पुरस्कारको ५९ औँ श्रृंखलाको सर्वश्रेष्ठ अभिनेताको पुरस्कार भने मराठी फिल्म ‘देउल’को लागि गिरिष कुलकर्णीलाई प्रदान गरिएको छ ।
‘द डर्टी पिक्चर’ मा विद्याले सिल्क स्मिता भूमिका निभाएकी थिइन् । यो चलचित्रले उत्कृष्ट पोशाक तथा श्रृंगारको पुरस्कार समेत हात पारेको छ । बंगाली लगायतका विभिन्न भाषाका गरि विद्याले झण्डै दुई दर्जन चलचित्रमा अभिनय गरेकी छिन् ।
यस्तै मराठी चलचित्र ‘देउल’ तथा ब्यारी चलचित्र ‘ब्यारी’ले संयुक्त रुपमा उत्कृष्ट चलचित्र पुरस्कार हात पारेका छन् । यस्तै सर्वश्रेष्ठ हिन्दी चलचित्रको पुरस्कार भने चलचित्र ‘आईएम’ले प्राप्त गरेको छ ।
यसपटकको राष्ट्रिय पुरस्कारमा मूलधारका हिन्दी चलचित्र भन्दा अन्य भाषाका चलचित्रले कब्जा जमाएका छन् । –एजेन्सीको सहयोगमा