-ढाकछोपका लागि रिफरको नाटक रचियो :श्रीमती सुनिता
-५ लाखमा सहमति
- भिड तितरबितरका लागि प्रहरीद्वारा अश्रुग्यांस हान्यो
-अस्पतालको लापर्बाहि हो :सर्बसाधारण
-दिनभर बुटवल तनाबग्रस्त
कपिल ज्ञवाली
बुटवल ४ चैत्र । देबदह ९ चरङ्गे रुपन्देहीका ३४ बर्षिय केम बहादुर कामु मगरको उपचारमा लार्पबाहिका कारण ज्यान गएको बिषयमा शनिबार दिनभर बुटवल तनाब ग्रस्त बन्यो । उपचारको क्रममा डाक्टरहरुले लार्पबाहि गरेका कारण ज्यान गएको भन्दै दोषिलाई कारबाहिको माग गर्दै आफन्तजनले लुम्बिनी नर्सिङ् होम अगाडि बिहानै देखि प्रर्दशन गरेका छन् ।
हर्निया रोगका बिरामी केम बहादुर कामु मगरलाई हिजो शुक्रबार दिउसो २ बजे आफन्तजन तथा परिबारले उपचारको लागि नर्सिङ् होममा भर्ना गरेको र ६ घण्टापछि अप्रेसन थ्रिएटरमा लगेपछि थप उपचारका लागि अस्पतालले भरतपुर रिफर गरेको बताईएको छ ।
तर परिबारजनले भने नर्सिङ् होममै उहांको ज्यान गएको र ढाकछोपका लागि रिफरको नाटक रचिएको मृतक मगरकी कान्छी श्रीमति सुनिता कामु मगरले बताईन् । ‘हामी अबुझ छौं र ? ’आंशु पुच्दै श्रीमति सुनिताले भनीन् –“अस्पतालले हामीलाई यस्तो ब्यबहार देखाएर सर्बसाधारणलाई चम्कायो ।

शनिबार बिहान आफन्तहरुले बिहान नर्सिङ होमका केहि सिसाहरु तोडफोड गरेका थिए । पिडित पक्षको बिरोधका कारण केहि घण्टा बुटवलको शडक अबरुद्ध भई यातायात प्रभाबित बनेको थियो । यातायात खुलाउनका लागि प्रशासनले बुटवलको चोकचोकमा बाक्लो संख्यामा प्रहरी परिचालन गरेको थियो भने प्रहरीले भिडलाई तितर बितर पार्नका लागि केहि सेल अश्रुग्यांस हांनेको थियो ।
पिडित पक्ष र प्रशासनबिच बुटवलको इलाका प्रहरी कार्यालयमा इलाका प्रशासन बुटवलका प्रमुख बलराम अर्याल,नर्सिङ होमका अध्यक्ष भिम तुलाचन तथा पिडित पक्षका बिचमा बार्ता भएको हो ।
सहमति पछि प्रतिकृया दिदै अध्यक्ष तुलाचनले सम्मान जनक राहत दिने कुरामा सहमति भएको बताए ।यता यो घटनाका बिषयमा सर्बसाधारणहरुले अस्पतालले घटना ढाकछोप गरेर उम्काउन खोजेको प्रतिक्रिया दिएका छन् ।
