Responsive Ad Slot

latest

विद्यार्थीको आखाँ परीक्षण एवं शैक्षिक समाग्री वितरण I

Sunday, March 18

/ by Admin BHOLA THAPA
धन बस्नेत,
पोखरा, ५ चैत । विद्यालयमा विद्यार्थीहरु जम्मा भएका थिए । विद्यार्थीहरुसँग उनीहरुका अभिभावक समेत बसे । बिदाको समयमा विद्यालयको प्रांगणमा उपस्थित अभिभावक तथा विद्यार्थीहरुको पालैपालो आखाँ परीक्षण गरियो । लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे रुपाकोट गाविसको सुर्योदय प्रावि तालबेशीमा आखाँ शिविर गरेको थियो । साना बालबालिकादेखि बृद्ध अभिभावकहरुको एकैसाथ आखाँ परीक्षण गरिएको थियो । विद्यार्थी र अभिभावक गरी एक सयको संख्यामा परीक्षण गर्ने क्रममा तीन अभिभावकलाई मोतिया विन्दु भएको पाइएको हिमालय आँखा असपातलका नेत्ररोग विशेषज्ञ गोविन्दनाथ योगीले जानकारी दिए ।

आखाँ परीक्षण गरिएपछि विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गरिएको थियो । नयाँ शैक्षिक सत्र शुरुवातको समयमा प्रदान गरिएको शैक्षिक सामाग्रीले विद्यार्थीहरु आकषिर्त हुने विश्वास समेत क्लबका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक गगन घिमिरे बताए । उनले विद्यार्थीलाई गरिएको सानो सहयोगले विद्यार्थीलाई पठन पाठनप्रति लगाव बढ्ने विश्वास समेत व्यक्त गरे । हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा आखाँ शिविर गरिएको थियो । कार्यक्रममा डेपुटी क्यबिनेट सेक्रेटरी लायन रामचन्द्र पोखरेलले क्लबले ग्रामीण क्षेत्रमा रहेका विद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गरी शैक्षिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता गरेका छन् ।

क्लबका अध्यक्ष लायन शिव बराललले अहिले सरकारी विद्यालयमा विद्यार्थी संख्या न्युन रहेकोले पनि विभिन्न प्याकेजयुक्त कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए । क्लबका चार्टर प्रेसिडेन्ट दिपेन्द्र शर्मा ,दित्तिय उपाध्यक्ष तोरण कुंवर,कोषाध्यक्ष कालीदास पौडेल,पत्रकार घनश्याम पाण्डेय सहितको सहभागिता थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI