Responsive Ad Slot

latest

रक्तदान कार्यक्रम सम्पन्न I

Saturday, March 24

/ by Admin BHOLA THAPA

मीना थापा मगर,
पोखरा चैत्र ११, शहरी डट्स् उपचार केन्द्र पोखरा र शान्ति मेडिकल हल केआइसिं पुलको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व क्षयरोग दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवं कार्यक्रम प्रायोजक श्रेष्ठ फ्रेस आउसका प्रोपाइटर राम कुमार श्रेष्ठले पहिलो रक्तदाना विक्रम थापा मगरलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो । शहरी डट्स उपचार केन्द्रका अध्यक्ष रुद्रप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका सदस्य माया बरालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने उपाध्यक्ष विक्रम थापा मगरले संस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।


यसैगरी जिल्ला जनस्वास्थ्यका बसन्त भट्टराई तथा अन्य संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । शहरी डट्स उपचार केन्द्र क्षयरोगी विरामीहरुलाई प्रत्यक्ष निगरानीमा औषधी खुवाउने पद्दति हो । संस्थाले हालसम्म ३१ जना क्षयरोगी मध्ये २४ जनालाई पूर्ण निको गराइसकेको र ७ जना विरामी उपचाररत रहेको संघका उपाध्यक्ष विक्रम थापा मगरले बताउनुभयो ।
नेपाल सरकार र नीजि लगानीकर्ताहरु द्धारा संचालनमा रहेको उक्त केन्द्रको स्थापना वि.सं. २०६६ सालमा भएको हो । हालसम्म नेपालमा सञ्चालनमा रहेका केन्द्र मध्ये व्यवस्थित रुपमा सञ्चालित नेपालकै पहिलो उपचार केन्द्र रहेको उहाँले बताउनुभयो ।

यसैगरी केन्द्रका अध्यक्ष रुद्रप्रसाद सुवेदीले लगातार ६ महिना औषधि खाए सन्चो हुने भएकोले क्षयरोग लागिहाले पनि आत्तिन नहुने बताउनुभयो । क्षयरोग सरुवा रोग भएकोले यसबाट सबै सचेत हुन भने सबैलाई आग्रह गर्नुभयो ।

विश्वमा भएको कुल जनसंख्याको १ तिहाई जनसंख्यामा क्षयरोग लागेको विश्व जनस्वास्थ्य आकडाले देखाएको छ । विशेष गरी विकाशोन्मुख राष्ट्रहरुको ८० प्रतिशत जनसंख्यामा यो रोग लाग्ने गरेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI