नारायण सापकोटा
चितबन,२७ फागुन। बृहत र एकिकृत चितवन निर्माण्ँ संघर्स समितिको आब्हानमा आज बिरेन्द्र बहुमुखि क्याम्पस परिसरमा गरेको आमसभामा माडीका वासिन्दाहरु सहभागि हुन नपाउदा रुष्टिएका छन् । संघर्स समितिले आज गरेको आम जनभेलामा माडीका स्थानिय वासिन्दाहरुलाई यातायातको राम्रो व्यवस्था नगर्दा उनीहरु रुष्टीएका हुन् ।
आम सभामा जनसहभागिता गराउनको लागि बृहत र एकिकृत चितवन निर्माण्ण ंघर्स समितिले प्रत्येक गाविसहरुमा यातायातको व्यवस्था गरेको जनाए पनि माडीका बादरझुला, कल्याणपुर गाविसहरुमा भने यातायातको साधान नपुग्दा आम सभामा माडीका वासीहरुको सहभागिता न्युन रहेको थियो ।
आम सभामा सहभागि गराउनको लागि माडी कल्याणपुरका स्थानिय वासिन्दाहरुलाई १० वटा यातायातका साधानको व्यवस्था गरे पनि २ वटा मात्र साधान पुगेको कल्याणपुरका स्थानियले जानकारी दिएको छ । आजको सभामा सहभागि हुन आउनको लागि कल्याणपुर वजारमै गाडी कुरेर करिव ४ हजार जनताहरु बसेको उनीहरुको भनाई छ । राज्य पुनर संरचनाले प्रस्ताव गरेको प्रतिवेदनले चितवनको माडी वासी अत्यान्तै आक्रोसीत भएका थिए ।
उनीहरुले आजको आम सभामा सहभागि भई चितवनलाई टुक्रिन वाट जोगाउनु पर्छ भन्ने मनासायले सभामा सहभागि हुन प्रयास गरेका थिए । तर चितवनका राजनैतिक दलहरुले सर्वसाधारणहरुलाई यातायातको व्यवस्था राम्रो संग नगरिदिदा राजनैतिक दल प्रति उनीहरु आक्रोसित भएका थिए ।