नारायण सापकोटा
चितबन , १२ चैत । चितवनकको विकट गाविसको रुपमा चिनिने सिद्धिका चेपाङहरु आफ्नै क्षमताले केही न केही गरी आर्थिक अबस्था सुधार गर्ने अभियानमा जुटेका छन् । नया“ तरिका अपनाएर भए पनि आफ्नो परम्परागतको खेती प्रणलीलाई सुधार गर्दै आर्थिक अवस्था बलियो बनाउनका लागि अभियानमा जुटेका हुन । हरेक चेपाड्ड परिवारले आफ्नो परम्परागत पेशालाई व्यवसायीक रुप दिन थालेपछि , आफुहरुको आर्थिक अवस्था सुधार हुदै गएको सिद्धि ६ का काजि प्रजाले वताउनु भयो । विशेष गरी अहिले आफुहरुको अभियान अन्तर्गत बलियो आम्दानीको स्रोत सुड्डुर पालन , बाख्रा पालन, अदुवा खेती, अम्म्रिसो खेती, रहेको प्रजाको भनाई छ ।
त्यस ठाउका चेपाङ समुदायहरुले प्रत्येक घरले १५ देखि २० वटा बाख्रा पाल्दै आएको काजि प्रजाले जानकारी दिनु भयो । खोरिया खनेर खाने उनीहरुको परम्परा भए पनि अहिले सवै परिवर्तन भई नया“ व्यवसाय तिर आकर्षित भएको छ ।
“२०४२ साल तीरको समयमा सबै घर झुप्र्रो थियो पछि आफ्नै परिश्रमले यस्तो भयो ”खोला गाउका पे्रम बहादुर चेपाङले गाउ देखाउदै भन्नुभयो “ आम्दानी नभएपनि मेलापर्म गरेर घर बनाएका हौ ” । सिद्धिका चेपाङहरुको प्राय सवै घरहरु ढुड्डाले छाएको छ । घर बनाउन उनीहरुले ढुङ्गा किनेपनि बा“कि काम भने मेला पर्मँबाट गरेका हुन ।
स्थानिय पाईमारा र गोद्रा खोलाबाट ढुङ्गा किनेर ३ घण्टाको उकालो बोकेर लाने गरिएको छ । जिल्लाका अरु चेपाङबस्तिको अवस्था अलि नाजुक भए पनि सिद्धिको चेपाङबस्ति सरसफाईप्रति पनि सचेत छन । छोराछोरीलाई पढाउनु पर्छ भन्ने मान्यता राखेका उनीहरुले भाडा तिरेर भएपनि छोराछोरी पढाएका छन ।
गाउ परिवर्तनमा एउटा ब्यक्ति विषेशको मात्रै होईन पुरै समुदाय अग्रसर छ । “हामिमा भएको सहयोगी भावनाले गाउ राम्रो भएको हो मिस” स्थानिय काजी चेपाङले भन्नु भयो । उहाका अनुसार गाउविकासको लागि सरकारी बजेटले त्यती छुन नसकेको भएपनि स्थानिय इन्दे्रणी सामुदायिक वनले सहयोग गरिरहेको छ । यस संगै जिल्ला वन कार्यालयले संचालन गरेको कबुलियती बनको कार्यक्रमले पनि उनीहरुमा परिवर्तन ल्याएको हो ।
कबुलियती बनको कार्यक्रम लक्षित गरेपछि चेपाङहरु आयआर्जन तर्फ उन्मुख भएका हुन । सिद्धीको मजुवाङमा ८७ घर छन भने, खोलागाउमा ४४ घर धुरी रहेको छ । उनीहरुको अभियानलाई सहयोग गर्न सके सिंगो समुदायको विकासमा टेवा पूग्ने सरोकारवालाहरुले टिप्पणी गरेका छन्