नवलपरासी, फागुन १८,
नवलपरासीको एक गैरसरकारी सस्थाले गर्भवती र सुत्केरी महिलाका लागि एकिकृत कार्यक्रम संचालन गरेको छ । परिवर्तनका लागि कार्यरत महिला समुह वाचाले यो कार्यक्रम संचालन गरेको हो ।
अपाङ्गगता न्युनिकरण गर्ने उद्देश्यले गर्भवती महिलालाई, पुर्णखोप, पोषण, परिवार नियोजन, सुरक्षित स्तनपान र आमा, बच्चाको सरसफाई लगायतका विषयमा जनचेतना जगाउने कार्यक्रम सञ्चालन गरेको हो । जिल्लाको १० गाविसमा कार्यक्रम सञ्चालन भएको संस्थाकी समुह संगठन सहयोगी टिका चौधरीले बताउनु भयो । कार्यक्रम अनुसार महिला गर्भवती भए देखी सुत्केरी भएको ३ बर्षसम्म विशेष स्याहार गर्ने उहाँले बताउनुभयो ।
चौधरीले अपाङ्गता रोकथाम तथा निदान ब्यवस्थापन कार्यक्रम अन्तरगत कार्यक्रम लागु भएको प्रत्येक गाविसका गर्भवती र सुत्केरी महिलाहरुको भेला गराउदै सचेतना गराउने, समस्या देखिए उपचार गराईदिने लगायतको कार्य गर्ने बताउनु भयो ।