चितवनमा पछिल्लो समयमा आपराधिका घटना बढ्दै
नारायण सापकोटा ÷ चितबन ,फागुन १८
सुरक्षा सतर्कता कडा परिएको भएपनि चितवनमा पछिल्लो समयमा आपराधिका घटना बढ्दै गएको जिल्ला प्रहरि कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरि कायालय चितवनले विभिन्न समयमा पक्राउ परेका नगद हात हतियार एवं उभियुक्तहरु लाई आज पत्रकार सम्मेलन गरि सार्वनिक गर्दैै यस्तो जनकारि दिएको हो ।
हाल सम्म अपराधका २१ वटा मुद्धादर्ता भएकोमा अपराधमा संलग्न रहको आरोपमा ४७ जना अनुसन्धानको क्रममा रहेका छन् । जिल्लामा अपराधिक क्रियाकलाप बढेसंगै मुद्धा संख्या बढेको प्रहरी प्रमुख भुपाल कुमार भण्डारीले जानकारी दिनभुयो । आपराधिक घटना वढेको भएपनि कारवाहिलाई भने तिव्रता दिएको चितवनका प्रहरि प्रमुख भुपाल कुमार भण्डारिले जानकारि दिनुभएको छ । पत्रकार सम्मेलनमा गत मगंलवार आरके ट्रेडिङ कन्ट्रक्सनका प्रदिप सुवेदिबाट लुटिएको १३ लाख मध्ये ४ लाख ९३ हजार सार्वजनिक गरिएको छ । लुटपाटमा संलग्न ५ जना मध्ये ३ जनालाई पक्राउ गरि कारवाहि प्रक्रिया अगाडि वडाइएको अन्य २ जना फरार रहेका छन् ।
त्यसैगरि बोक्सिको अभियोगमा हत्या गरिएकी माडिकी ढेगनि देवि हत्याकि फरार अभियुक्त पशुपतिया महत्तोलाई प्रहरिले आज प्रक्राउ गरि सार्वजनिक गरेको छ । यसैविच युनिटि सुधार केन्द्र बुद्धचोक को घटना पछि चितवनमा रहेका ७ वटा सुधारकेन्द्र हरुको अनुगमका लागि शेषकान्त पौडेलको संयोजकत्वमा ६ सदस्यी अध्ययन समिति गठन गरि १० दिन भित्र प्रतिवेदन पेशगर्ने जिम्मा दिएको प्रहरि कार्यालयले जनाएको छ ।
ज्याला नदिएको भन्दै तालाबन्दी
नारायण सापकोटा ÷ चितबन ,फागुन १८
पूर्वी चितवनको वीरेन्द्र नगर स्थित कालिका सामुदायिक वन उपभोक्ता समुहको कार्यालयमा मदजुरहरुले तालाबन्दी गरेका छन् । सामुदायिक वन उपभोक्ता समुहले मजदुरहरुलाई दिनुपर्ने ज्याला नदिएको भन्दै तालाबन्दी गरेका हुन् ।
सामुदायिक वनले १५ ÷ १६ दिन अघिदेखि कामलगाएर हाल सम्म ज्याला नदिएको भन्दै आफुहरुले तालाबन्दी गरेको वीरेन्द्र नगर गाविस वडा नं. ६ का इन्द्रलामाले बताउनुभयो । सामुदायिक वनले शुरुमा ३० ÷ ४० जना कामदार लगाए पनि हाल आएर समितिका पद्धाधिकारीहरु सम्पर्कमा नरहेको भन्दै उनीहरुले आक्रोष समेत पोखेका थिए । सामुदायिक वन उपभोक्ता समुहले मजदुरहरुलाई सामुदायिक वनकै काठ कटानमुछानमा लगाएका थिए । ज्याला संगै चलिराखेको कामपनि सामुदायिक वनले रोक्का गरिदिएको छ ।
समुहका सचिव शिवराज अधिकारीलाई पटक पटक सम्र्पक गर्ने प्रयास गरेपनि सम्पर्कमा आउन नचाहेकोले आफुहरुले तालाबन्दी गरको स्थानीय कामदार प्रेमलामाले गुनासो गर्नुभयो । मजदुरी गरेरै जीवीका निर्वाह गर्नुपर्ने आफुहरुको बाध्यता रहेपनि सामुदायिक वन उपभोक्ता समुहका पद्धाधिकारीहरुले कामगरेको सम्पूर्ण ज्याला तत्काल दिनुपर्ने उनीहरु बताउछन् ।
भिमोदयमा कमल आर्चाय विजयी
नारायण सापकोटा ÷ चितबन ,फागुन १८
पूर्वी चितवनको पदमपुर स्थीत भिमोदय उच्च माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष कमल आर्चायमा निर्वाचीत हुनुभएको छ । एकसय ३ मतको अन्तरले आर्चाय विजयी हुनुभएको हो । अध्यक्ष पदका लागि नेपाली का“ग्रेसको तर्पmवाट कमल आर्चाले उमेदवारी दिनुभएको थियो भने प्रतिद्धन्दीको रुपमा एकीकृत नेकपा माओवादीका तर्फवाट भैरव द्यितालले उमेदवारी दिनुभएको थियो ।
कमल आर्चाय विजयी भएसंगै विद्यालय पदमपुरमा विजयी जुलुस निकालिएको थियो । विद्यालय परिसरवाट निस्किएको बिजयी जुलुस पदमपुरको विभिन्न क्षेत्र परिक्रममा गरि पुन ः विद्यालयमा पुगेर सकिएको थियो
श्रीमति र सुसुराको कुटपिटवाट मृत्यु
नारायण सापकोटा ÷ चितबन , १८
फागुन
चितवनमा आफ्नै श्रीमति र सुसुराको कुटपिटवाट आज विहान एक जनाको मृत्यु भएको छ । चितवनको गुञ्जनगर ६, मा रहेको ससुराको घरमा श्रीमतिसंगै बस्दै आएका वीरेन्द्रननगरका इन्द्रवहादुर थापाको ससुरा र श्रीमतिको कुटाईवाट मृत्यु भएको हो ।
कुटाइबाट ज्यान गुमाएका थापाको शव उनकै ससुरा जङगु थापा मगर र श्रीमती विवह थापाले घरभित्र लैजा“दै गर्दा रङगेहात पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । पारिवारिक झगडा हु“दा आफूहरुले कुटपिट गरेको मृतककी श्रीमति र उनका ससुराले प्रहरी समÔ वयान दिएका छन् । कुटपिट गर्ने दुवैलाई प्रहरीले आफ्नो नियन्त्रण्ँमा लिएको