गीतामणी पाण्डे यु ए ई १८ चैत ।
जनजाती महासंघ यु ए ई ले प्रवासी थारु समाज लाई आबद्ध गराएको छ जसमा प्रतिनिधित्वको रुपमा सप्तरीका राम भुबन चौधरी , नवलपरासीका रुपेश चौधेरी लाई पठाएको छ र थारु समाज नेपालको जनजाती महासंघ को रुपमा रहेको एक प्रमुख जाति पनि हो ।
प्रवासी थारु समाजले नेपाल बाट कामको सिलसिलामा यु ए ई आई काम गरिरहेका सम्पुर्ण थारु हरु लाई गोल बन्द हुने गरि एउटा भेलामा नेत्र नारायण थनेत को अध्यÔतामा गठन भएको थियो जसले ३ महिना भित्र मा अधिबेसन गर्ने निर्णयक सहित कार्य सम्पन्न गर्दै आएको छ जस अनुसार बिधान मसौदा समिति गठन गरेको थियो र संयोजक नेत्र नारायण थनेत ,सदस्य रुपेश चौधेरी , घनश्याम चौधेरी लगाएतको समितिले कोÈको स्थापना जस्ता कुराहरुमा जोड दिदै नया बिधान तयार गरेको थियो तेस बिधान लाई सर्ब समितिले पास गरेको थियो ।
उक्तप्रवासी थारु समाज को सभापतित्व नेत्र नारायण् थनेत ले गरेका थिए भने कार्यक्रमको संचालन रुपेश चौधेरी ले गरेका थिए भने उक्त कुरा को जानकारी घनश्याम चौधेरी ले गराएका थिए ।