Responsive Ad Slot

latest

मरुभुमिकी रानी ( गद्द्य कविता ) I

Monday, March 11

/ by Admin BHOLA THAPA
सजना गुरुङ , कुश्मा , पर्वत
हाल , इजरायल
सुमधुर सम्बन्धको दृष्टान्त दिंदै
यी नयनमा सुन्दर संसारको रंग भर्ने कोशीस नगर ,
आशा र विश्वाशको परिभाषा बुझाउदै
यो मनमा प्रेमको नविन बीज रोप्ने प्रयास नगर ,
तिमी थाक्नेछौ , हार्ने छौ र पछुताउनेछौ
किनकी मैले मेरो समवेदनालाई
निर्दयीताको संदुकमा बन्द गरी दफन गरिसकें ,
मनको अदालतमा सारा भाव दोषी ठहरिंदा
दया , माया सबै सबैलाई फाँसी चढाई सकें ,
अब मलाई देख्नु छैन कुनै सपनाहरु ,
मन , मष्तिष्क खियाएर गर्नु छैन कुनै योजनाहरु
यो झुठो क्षणिक स्वार्थी संसारसंगको
मनको लगाव र आकर्षणलाई पनि जीउँदै जलाई सकें ,
तिमी विन्ती गर , रौ , कराउ
मलाई कुनै फरक पर्ने छैन ,
किनकी मैले निर्णय गरिसकें ,
मनको उजाडतामा
पीडाको रेगिस्तानमा
मरुभुमिकी रानी
सिउँडी बनेर जीउने !
Don't Miss
© all rights reserved
made with by netKUTI