Responsive Ad Slot

latest

राष्ट्र सङ्घका महासचिव वानको नेपाल भ्रमण स्थगित I

Wednesday, March 21

/ by Admin BHOLA THAPA

काठमान्डौ ८ चैत ।
संयुक्त राष्ट्र सङ्घका महासचिव वान कि मुनको नेपाल भ्रमण स्थगित भएको छ । महासचवि मुन आउने वैशाख १६ गते लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आउने कार्यक्रम रहेको थियो । सरकारी उच्च स्रोतका अुनसार लुम्बिनी सम्मेलनको तयारी पूरा नभएको र शान्ति प्रक्रियासमेत अगाडि नबढेकोले वानका भ्रमण स्थगित भएको हो । 

यसअघि नेपाल सरकारले गठन गरेको वृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशन समितिले महासचिव वान नेपाल आउने निश्चित भइसकेको जनाएको थियो । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समितिका संयोजक रहनुभएको छ । केही महिनाअघि न्यूयोर्क पुगेर प्रचण्डले महासचिव वानलाई भ्रमणका लागि निम्तो दिनुभएको थियो । सरकारले पनि वानलाई नेपाल आउन औपचारिक पत्राचार गरेको जनाएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI