काठमाण्डौ, २१ फाल्गुन ।
झण्डै डेढ बर्षको पिरियडमा खुलेर नाच्ने मौका पाएकी हिरोईन अरूणिमा लम्सालको नाच्ने धोको अझै पुरा भएको थिएन तर समयले नेटो काटेपछी उनले चाहेर पनि आफ्नो धित मार्न सकिनन् ।
प्रोडयूसर रमेशजंग रायमाझीको छोरी तथा बाल कलाकार साल्भिका रायमाझीको गुन्यू चोली वितरण समारोहमा उपस्थित भएकी गर्जियस लेडी लम्सालले सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गालामा आफ्नो कम्मर मर्काएपछी उनलाई साथ नदिने कोही भएनन् । शनिबार साँझ सुन्धारा स्थित आर्मी अफिसर्स क्लबको प्रङगणमा आयोजित कार्यक्रममा लम्साले उपस्थित राजनीतिककर्मी र सिमित सिनेकर्मीका बीच करिब आधा दर्जन नेपाली गीतमा कम्मर मर्काएपछी उनलाई कम्पनी दिनेको भिड नै लागेको थियो ।
सुत्केरी अवस्थामै रहेकी अरूणिमाले नाच्ने हिम्मत देखाएपछी प्रोडयूसर रायमाझीले आफ्नी श्रीमती र छोरीलाई समेत अरूणिमाको छेउमा ल्याएर कम्मर मर्काउन भ्याए । यस्तै द गेम अभिनेता विएन राणाले आफ्नो डेढ बर्षे छोरीलाई समेत विर्सिएर अरूणिमासंग नाच्न भ्याए । तर पछि अरूणिमाले छोरी पनि संगै छिन् भन्ने बिषयमा सम्झाएपछी राणाले आफ्नो सानी पुतलीलाई समेत अरूणिमाको अगाडी नाचाउन पछि परेनन् ।
सुत्केरी अवस्थाका कारण चाहेर पनि सार्वजनिक कार्यक्रममा खुलेर आफ्नो ईच्छा ब्यक्त गर्न नसकेकी उनी बुझनशिल अभिनेत्रीको रूपमा प्रस्तुत हुदा कार्यक्रममा उपस्थित भएका ब्यक्ति समेत अरूणिमाको बौद्धिकतालाई तारिफ गर्न भ्याए । किनकी हिन्दी गित डर्टी पिक्चर्सको उ ला ला..बजिरहेको अवस्थामा उनलाई नाच्न आग्रह गरिएपछी उनले नेपाली गितको डिमान्ड गरेकी थिईन् त्यो पनि फिल्मको । उनको माग पुरा गर्न डिजे रेडि भएपछी उनले विभिन्न नेपाली गितलाई रिमिक्सि शैलीमा बजाई दिए अनि अरूणिमा नाच्न थालिन् ज्यान फ्यालेर ।
मम्मी बनेकाले कम्मर मर्काउने रहर लामो समय पछी पाएकी अरूणिमा डिनर पश्चात पनि नाच्न पछि परिनन् । अरूणिमाको यस्तो चाह देख्दा उपस्थित राजनीतिककर्मी सिनेकर्मी साथै कार्यक्रममा उपस्थित अन्य पाहुना पनि अचम्मित बनेका थिए । अरूणिमा गत कात्तिक २२ गते छोरीको आमा भएकी थिईन् । अबको दुई महिना पश्चात चलचित्रमा कमव्याक हुने योजना अनुरूप आफ्नो तौल घटाउन पनि यसरी खुलेर नाचेको अरूणिमाको भनाई थियो । फिल्मीखबर