Responsive Ad Slot

latest

शिक्षकको आन्दोलन फिर्ता भए पनि परीक्षा चलेन I

Monday, March 12

/ by Samsung
फागुन ३०- शिक्षकहरुको आन्दोलन स्थगित भए पनि धनकुटा जिल्लामा स्थगित भएको कक्षा ८ को परीक्षा आज सोमबार पनि सञ्चालन हुन सकेन। धनकुटाको सबै सामुदायिक विद्यालय, संस्थागत विद्यालय खुले पनि परीक्षा सञ्चालन गर्न नसकेको बताईएको छ।
सूचना दिन कठिनाई भएकाले तत्काल परीक्षा सञ्चालन गर्न नसकेको जिल्ला शिक्षा अधिकारी दिर्घध्वज चापागाईँले बताए। उक्त परीक्षा भोलि मंगलबारदेखि सञ्चालन हुने बताइएको छ भने स्थगित भएको २ दिनको परीक्षा चैत ३ र ५ गते सञ्चालन गर्ने उनले बताए। धनकुटामा १ सय १० वटा विद्यालयका करिब ४ हजार ५ सय विद्यार्थी परीक्षामा सहभागी छन्।

त्यस्तै तेह्रथुम जिल्लामा पनि शिक्षण संस्था खुले पनि कक्षा ८ को परीक्षा सञ्चालन गर्न नसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। कक्षा ८ को परीक्षा भोलि मंगलबारदेखि सञ्चालन हुने विद्यालय निरीक्षक लिला पोख्रेलले बताए। स्थगित परीक्षा चैत ४ र ५ गते सञ्चालन हुने भएको छ। तेह्रथुममा ८० वटा विद्यालयमा सञ्चालन भइरहेको कक्षा ८ को परीक्षामा २ हजार ८५५ जना विद्यार्थी सामेल छन्।

संखुवासभा जिल्लामा सबै विद्यालय खुलेका छन् भने कक्षा ८ को परीक्षा पनि सञ्चालन भएको छ। ११३ वटा विद्यालयमा भईरहेको परीक्षामा ३ हजार ८०२ जना विद्यार्थी सम्मितलित रहेको विद्यालय निरीक्षक दिपक घिमिरेले बताए। स्थगित भएको परीक्षा चैत ४ गते सञ्चालन गर्ने बताइएको छ।

Don't Miss
© all rights reserved
made with by netKUTI