काठमाण्डौ, २९ फागुन ।
आन्दोलनरत शिक्षकहरुले गरेको अनिश्चितकाली शैक्षिक हड्ताल पाँच दिन सम्मका लागि स्थगित गरेपछि आज देखि देशभरको पठनपाठन सुचारु हुने भएको छ । हिजो सरकारसँग भएको बार्तामा पाँच दिन भित्र शिक्षकका मागलाई सम्बोधन गर्ने सरकारी आश्वासन आएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको थियो ।
आन्दोलनको स्थगनसँगै हिजो देखि अन्योलमा परेको कक्षा आठको परिक्षा पनि सञ्चालन हुने शिक्षकहरुले जानकारी दिएका छन । यसैबीच नेपाल शिक्षक युनियनका अध्यक्ष दिलबहादुर जोशीले सरकारले शिक्षकहरु संग बेइमानी गरेको आरोप लगाउनु भएको छ । उहाँले पटक पटक सरकारले शिक्षक संघ संगठनहरुसंग सहमति सम्झौता गरेको भए पनि कार्यान्वयन नगरेका कारण आन्दोलनमा जानु परको उल्लेख गर्नु भयो