Responsive Ad Slot

latest

नेपाली काँग्रेसका २ जना केन्द्रीय सदस्य सहित अन्य १० जना पक्राउ I

Saturday, March 10

/ by Admin BHOLA THAPA
काठमाडौं, फागुन २७,

काठमाडौंको गैरीधारा सडक बिस्तारका क्रममा अवरोध गर्ने नेपाली काँग्रेसका दुई जना केन्द्रीय सदस्य सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान सडक बिस्तारका क्रममा अवरोध गर्ने केन्द्रीय सदस्य नरहरि आचार्य र बलबहादुर केसी सहित १० जना काँग्रेस कार्यकर्तालाई प्रहरीले पक्रेको हो ।

आफूहरुलाई अहिले अनामनगर प्रहरी कार्यालयमा राखिएको र केहीबेरमा प्रहरीले छोड्ने जानकारी दिएको काँग्रेस केन्द्रीय सदस्य केसीले बताउनुभयो ।

जथाभावी सडक विस्तार गरेर स्थानीयबासिन्दालाई दुःख दिएको भन्दै कांग्रेसले बिरोध गरेको हो । सडक विस्तारको काम भने चलिरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।उज्यालो
Don't Miss
© all rights reserved
made with by netKUTI