रवि रोषी
दोहा- साँच्चै साहित्यकार अरुको पिडामा कविता संगै जग हँसाई दिन र कविता संगै भल्भली रोइदिन सक्छ । अलग मुटु लिएर जन्मिएका हुन्छन् कवि हृदयका कविहरु । कवित्वको ओजमा संसार जितेकै भएपनि बिचरा उनीहरुलाई पनि दैवी प्रकोप लाग्दो रहेछ । रोग लाग्दो रहेछ । अनि कविता संगसंगै हाँस्ने र रुने कवि कविता मात्र छोडेर अवसानित भैपनि जाँदो रहेछ ।
मैले राम्रो संग कहिँ कतै पढेको छु , साईंलाबाजे, शिक्षक, शिक्षामन्त्री तथा राष्ट्रको सम्पत्ती अर्थात् महाकवि लक्ष्मी प्रसाद देवकोटाको पनि कम हृदयविदारक रुपमा चित्त काटिने गरी मारिएनन् । उनी मरेका हुँदै होइनन् । उनलाई परिवारजन र राष्ट्रले नै मार्यो । उनी बाँचेको देख्न चाहने नेपालमा जम्मा २ जना कूलीन राणा मात्र थिए । उनको उपचारार्थ राँची लगियो । डक्टरले जाँच पड्ताल गरेपछि पागल होइन, नेपालमा जन्मिनु उसको जोग्राफिकल मिस्टेक भनेर घोषणा गरिदियो । उनी नेपाल फर्काईए ।
ठम्ठमी बोल्ने साईंलाबाजेलाई जिउँदै आर्यघाटमा लगियो । उनलाई मर्नु पटक्कै मन थिएन । तब उनी लाचारीको साथ मारिनुको लागि तयार भईसकेपछि स्वास्नीको काखमा देहवसानको एकदिन अघि मात्र भल्भली रुँदै भनेका थिए रे । म त बाँच्न चाहँदा चाहँदै पनि मारिने भएँ र अब मर्न तयार पनि भैसकेँ । मरेको भोलिपल्ट लाग्ने किरीया खर्च कसरी टाछ्र्यौ हौली प्रिया रु मर्ने बेलामा देवकोटाले श्रीमतिसंग दोहोरो संवाद गरेका थिए भने काल आगमनको लागि स्तुती गर्ने उनका परिवारजन बल्ल त्यहि दिन रोए ।
मरिसकेपछि मरणोपरान्त राज्यले उनको सम्मानमा थुप्रै पैसा खर्च गर्यो , जुन मर्नु अगावै उनको उपचारको लागि राज्यले ध्यान पुर्याउनुपर्ने थियो । मरेपछि शिक्षामन्त्रीको घरको दैलोमा नाङ्लो भन्दा ठुलो फोटो टाँगियो । जुन उनका छोराहरु र दाई भाईहरुले मर्नु अगावै आफ्नो छातीमा भाई, दाई र बाउ भनेर टाँस्न सक्नुपथ्र्यो ।
देवकोटाले भोग्नु परेजस्तो सामाजिक, पािरवारिक अपहेलना यि कतारका कवि तीर्थ गुरुङले कतारको अस्पतालमा आर्थिक अभावले पिल्सीएर जीवन र मरणको दोसाँघमा लोझाएका अर्धमूदित आँखा लिएर अधमरो जिन्दगी नमरुञ्जेल बाँच्न बाध्य बनाईएका छन् । यि मिर्गौला रोगी गुरुङका आँखामा टुपुल्किने आँसु अब रुँदा रुँदा आँखाबाट आँसु पनि रित्तिसकेका छन् ।
तस्वीरमा तीर्थ गुरुङको आँखालाई मात्र १० सेकेण्ड नियाल्नुहोस् । यिनको आँखामा मर्नु पर्ने पिडा होइन, मानवहुलमा रहेर पनि असहयोगको कारणले बाँच्न नपाएको पिडा झलझली झल्कीरहेको छ । अर्थहीन कार्यक्रमको आयोजना गरी नेपालका नेताहरु ल्याएर कतारमा लाखौँ रुपैँया खर्च गरेर भारतीय होटलहरुलाई पोस्ने काम गरिन्छ ।
तर यस्ता दैवी बिपत्तीमा कसैको ध्यानाकृष्ट भएको मैले कहिलै पाउँदिन । एक अर्का नेपाली नेपाली बीचमा पौँठेजोरी खेल्नका लागि मात्र खोलिएका यि बैचारिक संस्थाहरु तथा अन्य संस्थाहरुको ध्यान के यि कवि तीर्थमा पर्न सक्ला त रु कतारका कवि यि तीर्थको लागि सहयोग गर्न त परै जावोस् फेसबुकमा उनको दयनीय अवस्था हेरेर लाईक गर्न पनि झिझो मान्छन् कतारका महान व्यक्तित्वहरु । केहि केहि साहित्यकार भनाउँदाहरु पनि यो नियतबाट अछुतो छैनन् ।
कवि तीर्थ गुरुङलाई तपाईंहरुको सहानुभूति र च्वः च्वः को आवश्यकता छैन । छ त तपाईंको मानवीय संवेग अन्तस्करणबाट नै पग्लिएर उनको पुर्नजीवन प्रदान गर्नको लागि आर्थिक सहयोग । कृपया कवि तीर्थ गुरुङको लागि पुनर्जीवन प्रदान गर्न देश विदेशबाट सबैले यथाशक्य सहयोग प्रदान गरौँ । कतारमा जातियताको नाममा खोलिएका संस्थाले पनि यस बिषयमा गम्भीर ध्यान पुर्याउनु हुनेनै छ भन्ने आशा लिएको छु । तब मात्र कतारमा संघ संस्था र समाजसेवीहरुको दाल बाक्लो कि भात बाक्लो भनेर खुट्याउन सकिन्छ ।
NOTE: सहयोग र सम्पर्क गर्ने ठेगाना र टेलिफोन नम्बर हामी छलफल गरि जानकारी गराउने छौं ( रवि रोषी )