Responsive Ad Slot

latest

सेन्सर बोर्ड क्यान्सर हो- हट अभिनेत्री मल्लिका I

Friday, March 23

/ by Admin BHOLA THAPA

मुम्बई- बलिउडकी हट अभिनेत्री मल्लिका सेरावत फेरि एक पटक चर्चामा आएकी छिन्। तर यस पटक उनी कुनै चलचित्रमा चुम्बन दृश्य दिएर चर्चित भएकी भने होइनन्। यस पटक उनको भनाइले उनलाई चर्चामा ल्याएको छ। मल्लिकाले भारतीय सेन्सर बोर्डलाई क्यान्सर जस्तै नराम्रो भएको बताएकी छिन्। टि्वटरमा मल्लिकालाई पछ्याइरहेका एक जनाले सोधे-तपाँइ सेन्सरलाई बन्द गराउन चाहनु हुन्छ? जवाफमा मल्लिककाले लेखिन-सेन्सर समाजका लागि क्यान्सर हो। उनले बलिउडका धेरैजसो चलचित्र वेलायतमा कुनै उमेर प्रतिबन्ध विना देखाइने गरिन्छ।
हुनत सेन्सर बोर्ड अफ फिल्म सर्टिफिकेसनकी प्रमुख लिला सेमसनले यसलाई मल्लिकाको व्यक्तिगत राय बताएकी छिन्। ‘मल्लिका राम्री अभिनेत्री हुन र उनलाई आफ्नो विचार राख्ने अधिकार छ।’ उनले भनिन्। उता बलिउडसँग जोडिएका कतिपय व्यक्ति यस विषयमा मल्लिकाको पक्षमा उभिएका छन्। चलचित्र निर्माता प्रितिस नन्दीले सबै स्वतन्त्र भएको बताए। ‘स्वतन्त्रता र समानता विना लोकतन्त्र हुन सक्दैन। सेन्सरसिप कुनै पनि लोकतन्त्रमा एउटा दाग हो।’ निर्माता-निर्देशक महेश भट्टका अनुसार मल्लिका मानव सोँचमाथि लगाइने सेन्सरलाई क्यान्सरजस्तै मान्छिन्। उता अभिनेत्री गुल पनागले शिक्षित, जागरुक समाजमा सेन्सरसिप कम हुनु पर्ने बताइन्।
Don't Miss
© all rights reserved
made with by netKUTI