काठमान्डौ १ चैत ।
सरकार र आन्दोलनरत शिक्षकबीच आज पनि बार्ता हुँदैछ । आज बिहान वार्ताको तयारी भएपनि शिक्षामन्त्रालयका अधिकारी दातृ निकायको छलफलमा व्यस्त रहेकाले दिउँसो वार्ता सुरु भइसक्ने शिक्षामन्त्रीको निजि सचिवालयले जनाएको छ ।
शिक्षकहरु बिद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रेपछि समस्या समाधान गर्ने सरकारी आश्वासनपछि पाँच दिनका लागि हड्ताल स्थगन गरिएको थियो । भोलिसम्म पनि सरकारले माग पूरा नगरे फेरि आन्दोलन गर्ने शिक्षकहरुले चेतावनी दिएका छन् । सरकारसित पहिले भएको सम्झौता कार्यान्वयनको माग गर्दै शिक्षकहरुले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।