काठमान्डौ ५ चैत ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासदहरुले पार्टी नेतृत्वलाई सरकारबाट फिर्ता हुन दवाव दिएका छन् । आज बसेको फोरक लोकतान्त्रितको संसदीय दलको बैठकमा सभासदहरुले चारबुदे सहमति कार्यान्ववन नभएकाले सरकारमा बस्नुको औचित्य नभएको भन्दै फिर्ता हुन नेतृत्वसँग माग गरेका हुन् । शान्ति र संविधान लेखन प्रक्रिया अगाडी नबढेकाले त्यसमा पार्टीको साझा धारणा तय गर्नुपर्ने माग पनि सभासदहरुले गरेका छन् ।
बैठकमा सरकाले माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाललाई २ करोड रुपियाँ दिने निर्णयमा समर्थन जनाएको भन्दै अध्यक्ष तथा गृहमन्त्री विजयकुमार गच्छदारको विरोध भएको थियो । सभासद रामजनम चौधरीले सरकारले दिएको २ करोड रुपियाँ तत्काल फिर्ता गर्नुपर्ने माग पनि गरेको सीआइएनलाई जानकारी दिनुभयो ।
यसैबीच सरकारसँगको सहभागिता र चार बुदे सहमतिका विषयमा थप छलफल गर्न संयुक्त मेधेसी मोर्चाको बैठक बसिरहेको छ । बैठकले सरकारले गरेको २ करोडको निर्णय मन्त्रिपरिषदबाटै फिर्ता गराउन दवाव दिने निर्णय गर्ने र चार बुँदेको रणनीति पनि तय गर्नेछ ।