७० जनालाई कारबाही
नारायण सापकोटा,
चितबन,२४ फागुन । होलीमा हुन सक्ने दुर्घटनालाई मध्येनजर गर्दे जिल्ला ट्राफिक कार्यालय चितवनले आज सुरक्षा जांचमा कडाई गरेको छ ।आज कार्यालयले नगर भित्रमा बिभिन्न्न स्थानमा चेकजांचमा कडाई गरेको हो । कार्यालय भरतपुरले आज गरेको चेकजांचमा ७० जना कारबाहीमा परेका छन् ।
हेलमेट नलगाउने तथा मोटरसाईकलमा चढ्ने ७० जना कारबाहीमा परेका हुन ।कारबाहीमा पर्नेमा बढी युवाहरु नै रहेका छन् । कारबाहीमा परेका उनीहरुबाट ७ हजार ५ सय ५० रुपैयां राजश्व समेत संकलन गरिएको जिल्ला ट्रापिक कायालय चितवनले जनाएको छ । आज समग्र जिल्लामा होली पर्व शान्त र उल्लासमय वाताबरणमा नै भएको पनि कार्यालयले जानकारी दिएको छ । आज जिल्लमा कुनै पनि अप्रिय घटनाहरु नभएको कार्यालयले जानकारी दिएको छ ।
उता काडमाण्डौको सुरक्षा अवस्था पनि आज दिनभरी निकै कडा पारीएको थियो । होलीको अवसरमा अनावश्यक रूपमा होहल्ला गर्ने १ सय ८१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजधानीका विभिन्न क्षेत्रबाट नचाईदो बोल्ने उटफट्याङ् गर्ने गरेको भन्दै, युवा युवतीलाई नियन्त्रणमा लिएको काठमाण्डौं प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । असामान्य तरिकाले यातायात संचालन गरेको भन्दै, प्रहरीले राजधानीका विभिन्न क्षेत्रबाट २१ वटा मोटरसाईकल र एउटा माईक्रो समेत नियन्त्रणमा लिएको जनाएको छ । यसवर्ष सामान्य रूपमा होली खेल्न दिएपनि जवरजस्ती गरेर खेल्न अनि लोला हान्न भने प्रहरीले रोक लगाएको छ । यद्दपी प्रहरीको आखा छलेरै भए पनि लोला हानिरहेको भेटिन्छ ।