कपिल ज्ञवाली
बुटवल फागुन २९ । एकता बिकास बैंकको दोश्रो शाखा आजदेखि बुटवलको देबिनगरमा शुभारम्भ गरिएको छ । बैकको प्रमुख कार्यकारी निर्देशक धुब्र कुमार पौडेलले उद्घाटन गर्नुभएको हो । बुटवलको पुष्पलाल पार्कमा केन्द्रिय कार्यालय रहेको बैंकको २० करोड अधिकृत पूजि तथा ६ करोड चुक्ता पूजि रहेको छ ।
बैंकले यसअघि कपिलबस्तुको चन्द्रौटामा प्रथम शाखा संचालन गरिसकेको छ । बैंकले कपिलबस्तुको पिपरार बनगाइमा शाखा संचालन गरेको छ भने निकट भबिष्यमा दाङको घोराईमा शाखा खोल्ने जनाएको छ ।बैंकले रुपन्देही,कपिलबस्तु तथा दाङलाई कार्यक्षेत्र बनाएर काम गर्दै आईरहेको बैंकको १५ करोड निक्षेप तथा १२ करोड कर्जा प्रबाह छ ।