Responsive Ad Slot

latest

कतारमा बहुप्रतिक्षित चलचित्र लुट प्रर्दशन हुन २ दिन बाकिँ I

Wednesday, March 21

/ by Admin BHOLA THAPA

हाल सम्मा २४ सय टिकट बिक्री, टिकटको मारामार ।
रवि रोषी
२१ मर्च । नेपाली चलचित्र इतिहासमै पृथक कथाबस्तुमा निर्माण गरिएको चलचित्र लुट यहि आउँदो शुक्रवार कतारको दोहा सिनेमा हलमा प्रदर्शन हुन गईरहेको छ । प्रदर्शनको लागि मुख्य आयोजकको रुपमा रहेको स्यांङ्जा सहयोग समाजले हाल सम्म २४ सय टिकट बिक्री भईसकेको जानकारी गराएका छन् ।कतारको हकमा चलचित्र प्रदर्शन गर्ने क्रममा यति धेरै टिकट बिक्री भएको पहिलो पटक हो, अर्का आयोजक लक्ष्मण खतिवडाले बताए । 

युवाहरुको नितान्त अन्र्तमनको वास्तविक गतिविधीलाई प्रतिनिधित्व गरी छर्लंङ्ग पार्न सक्नु र चलचित्र संवादमा नयाँपन भित्र्याउन सक्नु नै चलचित्र लुटको सफलताको राज भएको बताउने लुटका निर्देशक निश्चल बस्नेतले भेटक्रममा बताए ।
लुटमा आफ्नो आँशिक क्यारेक्टर रहेर पनि यति धेरै सन्तुष्टी कुनै चलचित्रबाट पनि पाएकी थिइनँ, लुटको बजार प्रोमोशनको लागि विगत १ सप्ताह देखि कतारमा रहँदै आएकी नायिका ऋचाले बताईन् ।
इजरायल अष्ट्रेलिया लगायत विभिन्न राष्ट्रमा भव्य प्रदर्शन गरी दर्शकको मन जित्न सफल चलचित्र लुटले कतारमा पनि राम्रो बजार पाउने निश्चित भईसकेको छ । नेपाली चलचित्र जगतमा अब पुराना शैलीमा चलचित्र निर्माण गरिएमा बजार पाउन सक्नेछैन भन्ने पुष्टि लुटले गरिदिएको छ, नायिका ऋचाले भनिन् ।

कतारमा आगामी २३ मार्चमा एकै दिनमा २ शो प्रदर्शन गर्न लागिएको चलचित्रमा कतारमा बस्ने नेपाली दर्शकहरुसंगै बसेर चलचित्र हेर्न पाउनुको मज्जा बेग्लै हुनेछ, आउनुहोस् प्रवेशद्धारमा म तपाईंको प्रतिक्षामा हुनेछु अन्त्यमा रिचाले भनिन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI