Responsive Ad Slot

latest

जेष्ठ श्रष्टा अभिनन्दन सगै तीन दर्जन स्रष्टा-कलाकार सम्मानित I

Sunday, March 4

/ by Admin BHOLA THAPA
ब्राम्पटन,- नेपाली नागरिकता र एनआरएनका मागका सन्दर्भमा विभिन्न स्थानीय नेपाली सामुदायिक संस्थाका प्रतिनिधीहरूका विचमा अन्तरकृया सम्पन्न भयो । महामहिम राजदूत डा भोजराज घिमिरेको प्रमुख
आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा समसामयिक विषयमा गंभिर बहस भएको थियो ।




एनआरएन क्यानडा र अन्तराष्ट्रिय नेपाली साहित्य समाज, टोरन्टो च्याप्टरको संयुक्त आयोजना रहेको उक्त कार्यक्रमको दोस्रो सत्रमा नेपाली समुदायलाइ संगठित गर्ने पहिलो ब्यक्तित्व र क्यानडाको भूमिमा नेपाली
साहित्यको प्रारम्भ गर्ने स्रष्टा किरण ढुङ्गानालाइ अभिनन्दन र तीन दर्जन युबा श्रष्टा तथा कलाकारलाइ प्रशंसा पत्र प्रदान गरी सम्मान गरीएको थियो । एनआरएन क्यानडाका उपाध्यक्ष गीरी बुढाथोकीको सभापतित्वमा सम्पन्न पहिलो सत्रको छलफल कार्यक्रम पछि विभिन्न नेपाली समुदायका प्रतिनिधीहरूका वीचमा
टोरन्टोमा नेपाली सांस्कृतिक केन्द्र निर्माण गर्ने एनआरएन क्यानडाको निर्णयलाइ कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा विषेश बैठक समेत सम्पन्न भयो ।

एनआरएन क्यानडाका सचिद श्री तुल्सी सापकोटाले संस्थाका गतिविधीहरूको हालसम्मको छोटो समिक्षा गर्दै संस्थाका
लक्ष्य र तत्कालीन कार्ययोजना प्रस्तुत गर्नुभयो । नेपाली साँस्कृतिक केन्द्र निमार्णमा विभिन्न नेपाली समुदायगत र ब्यक्तिगत रूपमा भएका प्रयासहरूलाइ एकीकृत अभियानको रूपमा लैजान एनआरएन क्यानडाले पहल गरेकोले ब्यक्तिगत र झिनामसिना मतभिन्नता त्यागेर विशाल छाति लिएर अगाडि बढ्न
पर्ने कुरामा एनआरएन क्यानडाका उपाध्यक्ष गोपाल भण्डारीले जोड दिनु भयो ।


नेपाली डायस्फोराहरूको संख्या बृद्दी भए अनुसार एनआरएन क्यानडाको सदश्यता विस्तार गर्न अझै मेहनत गर्न पर्ने आवश्यकता दर्शाउँदै हरेक अधिबेसनमा पहिलेको भन्दा सदश्यता संख्या दोब्बर बनाउदै लगिएको कुरा पनि ठूलो उपलब्धिको रूपमा लिनुपर्ने कुरा सदश्यता विस्तारको जिम्मेवारी पाएका एनआरएन क्यानडाका नेसनल कोअर्डिनेशन काउन्सीलका सदश्य दूर्गा अधिकारीले बताउनु भयो । कार्यक्रममा दश जना साहित्य अनुरागीले आजीवन सदश्यता पनि लिनु भएको थियो । कार्यक्रममा डा।तुल्सी धरेलले कार्यक्रमको महत्वको बारेमा बोल्दै, नेपाली कल्चर सेन्टरको अबधारणा लाइ एनआरएनले नेतृत्व दिनुपर्ने कुरामा पनि जोड दिनुभयो ।त्यसै गरि एनआरएन जन सम्पर्क विभाग संयोजक राम पौडेल र जनजाति महासंघका प्रतिनिधी चन्द्रराइले पनि बोल्नु भएको थियो ।


मगर संघ, जनजाति महासंग, नेवा गुठी एनसीसीएस र एनसीएनसी लगाएतका एक दर्जन नेपाली समुदायका संघसंस्थाका प्रतिनीधीको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम एनआरएन क्यानडाका महासचिव गोपी कृष्ण काफ्लेले सन्चालन गर्नु भएको थियो ।


नेपाली राजदूतावासका महामहिम राजदूत डा भोजराज घिमिरेले नेपाली समुदायको क्यानेडियाली जीवनको चित्रण गर्ने मर्मस्पर्शी गजल सुनाउनु भएपछि, एनसीएनसीका कोशाध्यक्ष मोहन अर्यालले लामो भाषणले भन्दा राजदूत महोदयको छोटो गजलले नेपाली स्थानीय जीवनशैलीको सटिक चित्रण गरीएको टिप्पणी
गर्नुभयो ।

दोस्रो सत्रको कार्यक्रमको सभापतित्व गर्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज, टोरन्टो च्याप्टर ९टोरन्टो साहित्य समाज० तथा एनआरएन क्यानडा, भाषा(साहित्य तथा संस्कति बिभागका संयोजक मुक्ति गौतमले पुरानाहरूलाइ सम्मान गरेर मात्र हामीले हाम्रा उपलब्धीलाइ जगेर्ना गर्न सक्छौ, नत्र पुराना कमीकमजोरी
सच्याउदै अगाडी बढ्दा पुरानापुस्ताका उपलब्धीहरूमाथी जग उठाउने परंपराका कारण पश्चिमी सभ्यताले उन्नति गरेकाले हामीले पनि यस्ता असल कुराको अनुसरण गर्नुपर्नेको बताउनु भयो ।

अनेसासकी उपाध्यक्ष राधिका खरेलको स्वागत मन्तब्यबाट अगाडी बढेको दोस्रो सत्रको कार्यक्रम अन्तराष्ट्रिय नेपाली साहित्य समाज, टोरन्टो च्याप्टर ९टोरन्टो साहित्य समाज० का महासचिव कुसुम ज्ञवालीले सन्चालन गर्नु भएको थियो ।
सम्मानित श्रष्टाको ब्यक्तित्व र कृतित्वको बारेमा डा। गोविन्दसिह रावतले प्रकास पार्दै क्यानडामा नेपाली भाषाको पहिलो लेखक, पहिलो प्रकासक र पहिलो पत्रकार पनि अभिनन्दित श्रष्टा किरण ढुङ्गाना रहेको कुरा
नेपाली बाङ्मयको इतिहासको अनुसन्धानबाट पुष्टी भएको कुरा समेत सार्वजनिक गर्नु भयो । श्री ढुङ्गानाले यो अभिनन्दन कार्यक्रमले नेपाली समुदायको अझ बढी सेवा गर्ने जिम्मेवारी थपिएको र विगत नेपाली समुदायको सहयोगमा खेपेका दुख र अफ्ठेरापक्षको पनि स्मरण गर्नु भयो ।
अभिनन्दनका लागी ब्यक्तित्व छनोटको प्रकिया र आधारहरूका बारेमा प्रकाश पार्दै अनेसास केन्द्रिय सदश्य तथा टोरन्टो च्याप्टरका सल्लाहकार श्री गोपी कृष्ण काफ्लेले जेष्ठता, योगदान र निरन्तरतालाइ आधार मानेर छनोट गर्दा किरण ढुङ्गाना यसपल्ट निर्विकल्प देखिनु भएको बताउनु भयो ।


महासचिव कुसुम ज्ञवालीले किरण ढुङ्गाना संगसंगै स्रष्टाको सम्मान गर्ने परंपरा थालनी भएकाले क्यानडामा क्रियाशिल श्रष्टाहरूको युवा पुस्ता पनि अप्रत्यक्ष रूपमा सम्मानित भएको बताउनु भयो । यसलाइ निरन्तरता दिन सक्यौ भने इतिहासले उच्च मुल्याङ्कन गर्ने कुरामा पनि ज्ञवालीले विश्वास ब्यक्त गर्नु भयो ।

तुल्सी सापकोटा, मनिशा देवकोटा, मनिस देवकोटा, मीर श्रेष्ठ, प्रिया श्रेष्ठ, विपीन पोखरेल, अच्यूत न्यौपाने, विज्ञा गौतम, विप्लव रिमाल, गोपाल भण्डारी, शुशिला भण्डारी, राम पौडेल, श्याम श्रेष्ठ, हरि शिवाकोटी, इश्वर
थापा, राजू थापा, सपना गौतम, रश्मी खड्का, दूर्गा अधिकारी, दिवस अधिकारी, अनमोल याग्निक, मेधावी गौतम, अनुसयाना गौतम, स्वर्णिमा गुरूङ, जीवन लुइटेल, हिरामणी घिमिरे, लक्ष्मी घिमिरे, सरस्वति रेग्मी, जगन्नाथ रेग्मी, बबिता गौतम, रूद्र गौतम, मिरा न्यौपाने, गोपी सुवेदी सहित तिन दर्जन युवा पुस्ताका युवा पुस्ताका स्रष्टा र कलाकारहरूलाइ प्रसंशापत्र वितरण गर्दै महामहिम डा। घिमिरेले यस्ता कार्यक्रमलाइ निरन्तरता दिन जरूरी भएको कुरामा जोड दिनुभयो ।

श्री गोपी कृष्ण काफ्ले

महासचिव एनआरएन क्यानडा

तथा अनेसास केन्द्रिय
सदश्य
Don't Miss
© all rights reserved
made with by netKUTI