Responsive Ad Slot

latest

घरगोठमा आगलागि हुदा ५ लाख ५० हजार वरावरको नोक्सानी I

Saturday, March 10

/ by Admin BHOLA THAPA

कपिल ज्ञवाली

बुटवल २७ फागुन ।

रुपन्देहीको देवदह ५, शितलनगर निवासी मनवहादुर वुढाथोकीको घरगोठमा आगलागि हुदा पाच लाख ५० हजार वरावरको नोक्सान भएको छ ।आज दिउसो भएको आगलागिबाट ३ वटा भैसी ,१० वटा वाख्रा परालको टौवा, अन्नपात, लत्ताकपडा,भाडावर्तन ,आवश्यक कागजपत्र लगायत सम्पुर्ण सामानहरु जलेर नष्ट
भएको प्रहरी चौकी देवदहले जनाएको छ । 

दिउसो २ वजेको समयमा एक्कासी आगोलागी हुदा घरको कुनै पनि सरसमान निकाल्न नसकिएको पिडीत वुढाथोकीले बताउनु भयो । त्यसरी लागेको आगो स्थानियवासी, प्रहरी र दमकलको सहायताले करिव २ घण्टा पछि नियन्त्रणमा ल्याईएको वताईएको छ ।



छानविन समिति गठन


कपिल ज्ञवाली

बुटवल फागुन २७


प्रहरीले सर्वसाधरण माथि कुटपिट गरेको भन्दै देवदह ९, भलुहीका

स्थानियवासीले विरोध जनाए पछि ईलाका प्रहरी कार्यालय वुटवलले छानविनका

लागि समिती गठन गरेको छ । छानविन समितिमा वडा प्रहरी

कार्यालय रामनगरका प्रहरी निरिक्षक सुवास गैरे रहेको ईलाका प्रहरी कार्यालय

वुटवलले जनाएको छ । देवदह ९ भलुही निवासी १९ वर्षिय सागर पुनमगरलाई

देवदह प्रहरी चौकीका प्रहरी नायव निरिक्षक लिला बहादुर कार्कीले विना कारण

कुटपिट गरेको भलुहीवासीले आरोप लगाएका छन । घाईते पुनको मेडिकल कलेज

भलुहीमा उपचार भै रहेको स्थानिय श्याम थापाले बताउनु भयो । उता देवदह

प्रहरी चौकीका प्रहरी नायव निरिक्षक कार्कीले भने निज पुन माथि कुटपिट

नगरेको र उजुरीको आधारमा पक्राउ गरि चौकी तर्फ लैजान खोज्दा अनावश्यक

होहल्ला गरि आधारहिन आरोप लगाएको बताउनु भएको छ । प्रहरी माथि आरोप

लगाएर दोषि उम्कन खोजेको कार्कीको भनाई रहेको छ ।




बुटवल व्याडमिन्टन क्लवको प्रथम साधारण सभा


कपिल ज्ञवाली

बुटवल फागुन २७

बुटवल व्याडमिन्टन क्लवको प्रथम साधारण सभा तथा अधिवेशन शनिवार सम्पन्न भयो । पश्चिमाञ्चल क्षेत्रीय प्रहरी तालीम केन्द्र बुटवलका प्रमुख

उत्तम कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा अध्यक्ष्ँ श्याम बहादुर

पुनले प्रस्तुत कार्य प्रगतिवेदन र कोषाध्यक्ष्ँ दिनेशकुमार प्रधानद्धारा प्रस्तुत

१९ लाख ८७ हजारको आयव्यय विवरण पारित गरिएको थियो । क्लवले विभिन्न

सामाजिक क्रियाकलाप गरेकोमा वक्ताहरुले प्रंशसा गरेका थिए । सो कार्यक्रममा

सल्लाहकार होम बहादुर गलामी, सदस्यका तर्फबाट गोपाल टण्डनले मन्तव्य व्यक्त

गर्नुका साथै इन्द्रलाल श्रेष्ठको स्वागत मन्तव्य रमेश थापाको संचालमा सम्पन्न

कार्यक्रममा नवविलिप कवर्डहल निर्माण समिति भवन निर्माणका लागि सहयोग गर्ने

विभिन्न दाताहरु खुल्ला व्याडमिन्टनमा सहयोग गर्ने टिमहरु र क्लवको आयोजनामा

भएका रत्तदानमा योगदान गर्ने रत्तदाताहरुलाई लगायतका व्यक्तिहरुलाई सम्मान,

कदरपत्र र माया“को चिनो प्रदान गरिएको थियो उक्त क्लवमा बुटवलका खेलप्रेी

७० जना सदस्य आवद्ध रहेका छन् । २०६७ ुसालमा जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा

दर्ता भएको क्लवले आगामी कार्यकालका लागि नया“ नेतृत्व चयन गर्ने छ ।


Don't Miss
© all rights reserved
made with by netKUTI