तनहुँ ११ चैत । तनहुँमा पछिल्लो आठ महिनाको अवधिमा २०७ क्षयरोगी भेटिएका छन् । आर्थिक वर्ष ०६८/०६९ को साउनदेखि फागुन मसान्तसम्ममा यो सङ्ख्यामा बिरामी भेटिएका हुन् । विश्व क्षयरोग दिवस, २०१२ को अवसरमा जिल्ला स्वास्थ्य कार्यालय तनहुँद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
सो अवसरमा नयाँ क्षयरोगीले छ महिना र पुनः रोग बल्झिएका बिरामीले ८ महिना नियमित औषधि सेवन गरे रोग निको हुने क्षय तथा कुष्ठरोग निरीक्षक राजाराम अधिकारीले बताउनुभयो ।
‘दुईहप्ते खोकी, क्षयरोग पो हो कि’ भन्ने मूल नाराका साथ क्षयरोगप्रति जनमानसमा चेतना फैलाउन बर्सेनि यस्ता कार्यक्रम गरिँदै आएको छ । रासस