नारायण सापकोटा
चितबन , ९ चैत ।शिक्षा मन्त्रि दिनानाथ शर्माले दुई चार दिन भित्र शान्ति प्रक्रिया टुङ्गोमा पुग्ने बताउनु भएको छ । पारिबारिक कामको शिलशिलामा चितवनको भरतपुर आउनु भएका मन्त्रि शर्माले आज संञ्चारकर्मि संग कुरागर्दै यस्तो बताउनु भएको हो । दलहरु बीच शान्ति प्रक्रियाका सबालमा देखिएका केहि बिबादहरु बिगतका झै आपसी समझदारीमा टुङ्गीने बताउदै मन्त्रि शर्माले शान्ति प्रक्रियाका सबालमा नकारात्मक टिका टिप्पणी नर्गन आग्रह समेत गर्नु भयो ।
प्रतिपक्षि दलहरुले पछिल्लो समयमा माओबादिले सेना समायोजनको बिषयमा अनाबश्यक बखेडा झिकेर शान्ति प्रक्रिया टुङ्गयाउन आनाकानी गरिरहेको छ भनीरहेका छन नी ? भन्ने सञ्चारकर्मिको प्रश्नमा मन्त्रि शर्माले भन्नु भयो कुन ब्यक्तीले के भने त्यो ठुलो कुरा होईन आन्तरीक रुपमा दर्जा मिलानका बिषयमा छलफल भईरहेका छन नमिलेका बिषयहरु अर्को बैठकमा छलफल बाट हल हुदै जान्छ ।
फरक प्रसंगमा बोल्दै माओबादी प्रबक्ता समेत रहनु भएका मन्त्रि शर्माले पार्टि भित्र केहि बिबाद देखिदैमा पार्टि नफुट्ने जिकिर समेत गर्नु भयो । पार्टिको सिद्धान्त मान्न नचाहने हरु बिगतमा पनि चोईटिएर गएको बताउदै उहांले केहि मान्छे हरुले पार्टि छाड्दैमा पार्टि नफुट्ने तर पार्टि भित्रको मएल पखालिने जिकिर समेत गर्नुभयो । उहांले भन्नु भयो माओबादि पार्टि छुट्टै धातुले बनेको छ यो फुट्न जान्दैन बरु एकता हुन जानेको छ । पार्टिमा संस्थापन पक्षले घोषित निति नियम उल्लंघन नगरेको बताउदै उहांले उपाध्यक्ष मोहन बैद्य पक्षधरका नेता कार्यकर्ताले पार्टिको निति भन्दा अलग अलग काम कारबाहि गर्दै हिडेको आरोप लगाउनुभयो ।
चितवनका नर्सिङ्ग कलेजहरुले सरकारी मापदण्ड बिपरित चर्को शुल्क लिएको भन्दै बिद्याथर््िा आन्दोलित भएको प्रसंगमा शिक्ष मन्त्रि शर्माले चर्को शुल्क अशुल्ने कलेजहरुलाई कारबाहि गरिने प्रतिबद्धत्ता जनाउनु भयो ।