काठमान्डौ, १४ चैत । भावी संविधानमा न्यायपालिकाको स्वरुपबारे प्रमुख दलका शीर्ष नेता र प्रधानन्याधीश तथा न्यायधीशहरुबीच आज छलफल हुदैछ । राजधानीको होटल ¥याडिसनमा अहिले केहीबेरमा सुरुहुने बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेल, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुको सहभागिता रहनेछ । प्रधानन्यायधीश खिलराज रेग्मीसहित सार्वेाच्च अदालतका सबै न्यायधीश तथा न्यायधीश समाजका पदाधिकारीलाई पनि बैठकमा बोलाइएको छ ।
भावी संविधानको न्यायपालिकाको प्रस्तावित मस्यौदामा न्यायपरिषद्मा राजनीतिक ब्यक्तित्व राख्ननहुने, संवैधानिक अदालत आर्थिक र कार्यविभाजनको हिसावले व्यवहारिक नहुने, लगायतका बिषयमा न्यायधीशहरुले जोड दिएपछि शीर्ष नेताहरु र न्यायधीशबीच छलफल हुन लागेको हो । न्यायधीश पुनर्नियुक्ति, प्रधानन्यायधीशको कार्यकाल लगायतका बिषयमा पनि न्यायधीशहरुले असन्तुष्टि जनाएका छन् ।
संविधानसभाको म्याद अन्तिम पटकलाई बढाउन दिने फैसला भएपछि त्यसविरुद्वमा परेको रिटमा सर्वोच्च अदालतका रजिष्टारले दिएको दरपीठमा निर्णय हुने एकदिन अघि शीर्ष नेता र न्यायधीशबीच छलफल हुन लागेको हो । कानूनव्यवसायीहरुले भने संविधानसभाको म्याद थपकोलागि सर्वोच्चले गरेको निर्णय बङ्ग्याउन नेताहरुले न्यायधीशलाई प्रभावमापार्न छलफल गर्न लागेको टिप्पणी गरेका छन् ।