हल क्षमता भन्दा बढि दर्शकको कारण आयोजकबाट टिकट फिर्ता ।
तनहुँ खबर डटकम,
दोहा २६ मार्च । सुपरहिट नेपाली चलचित्र लुटले कतारबासी नेपालीहरुको मन जित्न सफल भएको छ । २३ मार्चमा दोहा सिनेमा २ शो मा प्रदशन भएको चलचित्र लुटको २ नै शो हाउसफुल मात्र भएन हल क्षमता भन्दा बढि दर्शक भएको कारण टिकट लिएका दशर्कहरुलाई समेत पैसा फिर्ता गर्दै पठाउनु परेको थियो ।
लक्ष्मण खतिवडाको आयोजना र स्याङजा सहयोग समाजको विशेष सहयोगमा प्रदशन गरिएको लुट चलचित्रका निर्देशन निश्चल बस्नेत र नायिका ऋचा शर्मा समेत कतार आएका थिए । उनीहरुले दर्शकहरु संगै बसेर चलचित्र हेरे । नायिका ऋचा शर्माले आफुले यतिको दर्शक देख्दा छक्क परेको बताउदै ,यो फिल्म अन्य दिन लगाउदा पनि यस्तै दशकहरुको ओइरो लाग्ने बताइन ।
त्यस्तै निर्देशक बस्नेतले प्रचार प्रसार अनुसार राम्रो होला भन्ने लागेको थियो ,तर यति धेरै दर्शकहरुको ओइरो लाग्ला भन्ने सोचेको थिइन तनहुँ खबर संग उनेले भने । २ शोमा गरि करि ३ हजार भन्दा बढि दर्शकहरुले लुट फिल्म हेरे भने २ सय भन्दा बढि दर्शकहरुको टिकट फिर्ता गरिएको आयोजक खतिवडाले जनाए । उनले दर्शकहरुलाई टिकट फिता गराउनु परेको र हल सम्म चलचित्र हेर्न आएका दर्शकहरुलाई फर्काउनु पर्दा निकै दुख लागेको बताए ।
उनले दर्शकहरुको उत्साह र आग्रहले आगामी ३० मार्चमा शुक्रबार १ शो फेरी लुटलाई प्रर्दशन गर्ने बताएका छन । विहान ११ बजे राखिएको शो को लागि टिकट हलमा मात्र ब्यवस्था गरिएको खतिवडाले जनाए । चलचित्र हेर्न आएका दर्शकहरुसंग चलचित्र लुटको बारेमा तनहुँ खबर डटकम ले लिएकोका प्रतिक्रिया हेरौ उनीहरुले के भने चलचित्र लुट हेरर आएपछि ।
तस्विरमा हेर्नुहोस
फोटो राजन लामा/ तनहुँ खबरडटकम
हेरौ उनीहरुले के भने चलचित्र लुट हेरर आएपछि ।