Responsive Ad Slot

latest

विश्व साइकल यात्री सौरभ दाहाल कतारमा I

Monday, March 19

/ by Admin BHOLA THAPA




रवि रोषी
दोहा १९ मार्च ।
विश्व साईकल यात्री सौरभ दाहाल कतार आउने भएका छन् । हाल सम्म विभिन्न ४२ राष्ट्र भ्रमण गरीसकेका दाहाल यहि मार्च २२ तारिख दोहा आउने भएका हुन् । मेल मार्फत जानकारी गराए अनुसार उनी कतारका विभिन्न विशिष्ट व्यक्तिहरु संग भेट गरी आफ्नो विश्व साईकल यात्राको बारेमा जानकारी बाँड्ने बताए ।
सवै नेपालीले समान शिक्षा पाउनुपर्छ भन्ने नारा र गौतम बुद्ध नेपालमा जन्मेका हुन् भनेर सन्देश बाँड्नुनै विश्व यात्राको प्रमुख उद्येश्य रहेको दाहालले बताए । विभिन्न ४२ राष्ट्रमा नेपाली राष्ट्रिय झण्डा बोकेर भ्रमण गरिसकेका दाहाललाई कतारमा भने स्याङ्जा सहयोग समाजले सम्पुर्ण व्यवस्थाको चाँजोपाँजो मिलाउने भएको छ ।
गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भनी विश्वमाझ शान्तिको सन्देश तथा बुद्धको जन्मथलोको बारेमा सन्देश बाँड्न हिँडेका सन्देश बाहक दाहाललाई हामीले आतिथ्यता गर्न पाउनु गौरव हो , स्याससका अध्यक्ष टुकराज अर्यालले बताए ।
उनको सम्मानको लागि यहि मार्च २३ तारिखको दिन दोहा सिनेमा हलमा लुट चलचित्र प्रदर्शन गर्न गईरहेको आयोजक स्याससले विशेष सम्मान र स्वागत गर्ने कुरा पनि अध्यक्ष अर्यालले खुलासा गरे । विश्व साईकल यात्री दाहालको कतार भ्रमण ४३ औँ राष्ट्र हुनेछ भने कतार भ्रमणको समाप्ती लगत्तै उनी चीन जानेछन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI