गायक कन्हैया सिंह परियार
नेपाली सुगम सङगीत क्षेत्रका एक नक्षत्र नै बनिसकेका छन् । नेपालगञ्ज बाँके घरवारी टोल घर भएका सिंहले गायनमा सङगीत डिप्लोमा (सिनियर) हासिल गरिसकेका छन् । बि स २०५५ सालमा आधुनिक गायन तर्फ रेडियो नेपालवाट स्वर परिक्षा उत्तिर्ण गरेका सिंहले ०५५ सालमा आफ्नै रचना, सङगीत र स्वरमा पहिलो चोटी रेडियोमा रेर्कड गरेका थिए । त्यसपछि नेपालगञ्ज बजारैमा हुँदै तिम्रो साथ, पिरतीका फूल, अपेक्षा, हिट्स अफ कन्हैया सिंह, लगायतका थुप्रै गीतमा आफ्नो स्वर प्रस्तुत गरिसकेका छन् । पहिलो एकल एल्वम अलाप आधुनिक गीति संग्रह २०६६ मा आफना स्वर्गीय आम टीकमाया र बुवा गोपाल सिंह स्मृतीमा निकालेका थिए । यसैगरी केही चलचित्रमा पनि संगीतका अलावा पाश्र्व गायन तथा सङगीत तथा २०० जती आधुनिक, लोकगीत, लोकपप राष्ट्रियगीतहरुमा स्वर तथा सङगीत दिएका कन्हैया सिंहले अहिले भने साङीगितक यात्राको क्रममा अमेरिकामा रहेका छन् । अमेरिकामा रहेर पनि आफ्नो नेपाली कलासंस्कृतिको पहिचानमा जुटेका यिनै गायक कन्हैयासिंह सँग सुमन बैरागीले गरेको कुराकानी:
संगीतमा कसरी आउनुभयो ?
मेरो घर नै एउटा साङगीतिक थलो थियो, जहाँ मेरा साहिंला बाजे कालुसिंह परियारले राजा महेन्द्रको अगाडी बेजोड कला देखाई सक्नुभएको थियो । उहाँ मुस्लिम बाजा तासा राम्रोसँग बजाउनु हुन्थ्यो । त्यसैगरी जेठा दाजु मुम्बइको फिल्म उद्योगमा टारमव्याड बजाउनुहुन्थ्यो र मेरो माहिला दाजु सुरेशसिंह परियार अरुण थापा, दिप श्रेष्ठ, नारयाण गोपाल, द्वारिकालाल जोशी, प्रकाश श्रेष्ठ आदि गायकहरुको गीतहरु नेपालगञ्जलगायतका वरिपरीका केही सांस्कृतिक महोत्सवहरुमा गाउने गर्नुहुन्थ्यो । त्यसले गर्दा नै मभित्र पनि संगीतको नशा चढ्यो । आखिर नशा नै हो जति खायो त्यति नै मजा हुँदै जान्छ । आज पनि मलाई संगीतको नशा चढ्दो छ । त्यसैले मेरो घर परिवारको माहौलले नै संगीततर्फ आकर्षित गराएको हो ।
संगीतको नशाले कहिलेकाहीँ ह्याङ गराएन ?
संगीत भनेको जीवनको आरोह अबरोह हो, जसले उकाली ओराली, गाउँघर, मायाप्रेम, दुःखसुखसँगै रम्न जानेको हुन्छ । सङ्गीत नै मेरो धड्कन बनिसक्यो भने ह्याङ हुने त कुरै भएन नि । मैले लिएको संगीतको नशाले मलाई भन्दा पनि मेरा स्रोता दर्शकलाई आनन्द प्रदान गरिरहेको छ । जबसम्म स्रोता र दर्शकले आनन्द लिइरहन्छन् त्योबेलासम्म ह्याङ हुँदै हुँदैन ।
यो क्षेत्रमा कुन गीतले तपाईंको परिचय बनायो ?
मेरो रेडियो नेपालमा रेकर्ड भएको गीतले गायकको परिचय दिएको थियो भने मेरो पहिलो एल्बम ‘नेपालगञ्जै बजारमा’ २०५७ सालमा बजारमा आएपछि मलाई एक गायक भनेर देशब्यापी रुपमा चिनाउने मौका मिल्यो । त्यसपछि मेरो पछिल्लो गीतिसंग्रह आलापले त सबैको मनमुटुमा म बस्न सफल भएँ । आलाप मेरो सांगीतिक जीवनको उचाइ बन्यो । तिमीले भुल्न सके पनि मैले भुल्न सकिन भो.. बोलको गीतले सबैको मन तान्न सफल भयो । यसले सिआरबिटी, पिआरबिटी डाउनलोड अत्याधिक रह्यो । मेरो आमा टिकामाया परियार को स्मृतीमा ल्याएको हुँदा पनि आलापलाई म आमाको आर्शाबाद मान्दछु । अलाप एल्बम मेरो सांगीतिक जीवनको कोशेढुङगा साबित भयो ।
अहिले तपाईंको सांगीतिक यात्रा कस्तो हुँदैछ ?
आलाप र यसका गीतहरुले नै मलाई लोकप्रिय बनाइदियो । त्यसपछि मैले तिमीले त घात गरी बोलको गीत गाएँ । त्यो गीतले पनि राम्रो सफलता हात पा¥यो । जसले गर्दा म अहिले सांगीतिक शिखरमा पुग्न सफल भएको छु । त्यसैगरी देशभित्र हुने महोत्सबहरु हुन या कन्र्सट तथा देश बाहिर हुने कार्यक्रमहरुमा निरन्तर आफ्ना प्रस्तुतिहरु लिएर म दर्शकस्रोताका सामु आइरहेको छु
अन्त्यमा केही भन्नु हुन्छ कि ?
सुगम सङगीतमा लागेर जुन चर्चा परिचर्चा पाइरहेको छु यो मेरो सफलता मात्र होइन । मलाई साथ दिने कलाकर्मी, सञ्चारकर्मी सबैको सफलता हो । मलाई जुन ठाउँसम्म पु¥याउन सहयोग गर्नुभयो तपाईंहरु सबैलाई धन्यवाद । म तपाईंहरुको चाहनालाई मध्यनजर गर्दै नयाँ कोसेलीहरु ल्याउने सोचमा नै छु भने समयको मागसँगै आलाप–२ लाई लेटेस्ट म्युजिक प्रबिधिको प्रयोगबाट सुन्दर सङगीतको (लोर्टस टेम्पल)बनाउने प्रयास गर्नेछु ।