एजेन्सी, १३ चैत ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी महिना गर्ने भनिएको रकेट प्रक्षेपण नरोके उत्तरकोरियाले थप प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । उत्तर कोरियाले लामो दूरीको मिसाइल परीक्षणको तयारी गरिरहेकै बेला अमेरिकी राष्ट्रपतिले यस्तो चेतावनी दिनुभएको हो ।
ओवामाले परमाणु सुरक्षा सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको क्रममा दक्षिण केरीयाको राजधानी सियोलमा यस्तो टिप्पणी गर्नुभयो । सम्मेलनको पूर्व सन्ध्यामा दक्षिण कोरियाली राष्ट्रपति ली म्यूगंवाक सँगको भेटवार्ताका क्रममा ओवामा तथा दक्षिण कोरियाका राष्ट्रपतिले उत्तर कोरीयाको कदम प्रति संयूक्त रुपमा प्रतिरक्षाका लागि तयार रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
यता उत्तर कोरीयाले भने स्याटलाइट अन्तरिक्षमा स्थापित गर्न रकेट परिक्षण गरिन लागेको बताएको छ ।