मकवानपुर,५ चैत । मकवानपुरको शिखरपुर गाविसस्थित एक घरमा आज विहान आगलागी हुदाँ अन्दाजी ७ लाख ७८ हजार बराबरको क्षति भएको छ । विहान शिखरपुर ५ बस्ने बुद्धिलाल घलानका छोरा समारसिं घलानको घरगोठमा आगलागी हुँदा ७ लाख ७८ हजार बराबरको क्षति भएको प्रहरीले बताएको छ ।
आगो स्थानीयबासि र हात्तिसुढे प्रहरी चौकीको टोलीको प्रयासमा नियन्त्रणमा आएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।