काठमाडौँ २१ फागुन, ।
राजधानीको कालीमाटी तरकारी बजारमा गए राति भीषण आगलागी हुंदा ६ जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा केहीं घाईते भएका छन् । राति दश बजेदेखि लागेको आगो आज विहान मात्र नियमन्त्रणमा आएको थियो । आगो नियन्त्रण गर्न उपत्यकाका सबै दमकल प्रयोग गरिएको थियो । आगलागीमा परी कालीमाटी तरकारी बजार क्षेत्रको मुख्य भवन र नजिकका टहरामा बसेकाहरुको मृत्यु भएको हो । घटना लगत्तै त्यहां पुगेका सुरक्षाकर्मीले कयौंलाई उद्धार गरेका थिए । तरकारी बजारमा दश करोड भन्दा बढी रकम बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीपछि त्यहा रहेका ग्यास सिलिण्डरहरु पडकिएकाले आगो नियन्त्रणमा थप कठिनाई परेको थियो । तरकारी बजारको मुख्य भवनको भुईतलाबाट शुरु भएको आगो दोस्रो तलामा फैलिएर ब्यापक क्षति पु¥याएको थियो । विद्युतीय गडबडीका कारण आगालागी शुरु भएको बुझिएको छ । राजधानीको मुख्य तरकारी आपुर्ति केन्द्रमा आगलागीले ठूलो क्षति पु(याई बजार अस्तब्यस्त भएकाले तरकारी वितरणमा समस्या आउनसक्ने देखिएको छ ।
प्रधानमन्त्री डा। बाबुराम भट्टराईले उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार र आफ्ना प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेललाई कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा गएराति भएको आगलागीका सम्बन्धमा अध्ययन गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीले आज बिहान सरकारी निवास बालुवाटारमा बोलाएर गच्छदार र पौडेललाई त्यस्तो निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले घटनाको कारण, आगलागीमा भएको क्षतिलगायतका विषयमा सत्यतथ्य बाहिर ल्याउन सरकारी संयन्त्र परिचालन गर्न पनि निर्देशन दिनुभएको छ । मन्त्री गच्छदार र पौडेल बिहान साढे नौ बजे घटनास्थल निरीक्षणका लागी कालिकमाटी जाने कार्यक्रम छ ।बिजुली सर्ट भएपछि कालिमाटी तरकारी बजारको मुख्य भवनमा गएराति भएको आगलागीमा एकै परिवारका ४ सहित ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।