तनहुँ २५ फागुन ।
समुन्द्री सतह देखी २ हजार ३ सय २५ मिटर उचाईमा रहेको तनहुँकै अग्लो लेकमा दोस्रो छिम्केश्वरी महोत्सव सम्पन्न भएको छ ।आर्थिक,सामाजिक, सांस्कृतिक एवं ग्रामिण पर्यटन प्रर्वद्घनका लागि टेवा पु¥याउने उदेश्यले यहि फागुन २४ र २५ गते दुई दिन महोत्सवको आयोजना गरीएको थियो ।स्थानिय ठाउँको पहिचान गराई उत्पादनहरुलाई वढवा दिन र विभिन्न जातिहरुको कला र संस्कृती संरक्षण गर्न महोत्सवले सहयोग पुगेको महोत्सवका सचिव ऋषि केशिले जानकारी दिनुभयो ।कृषि प्रर्दशनी, जडिवुटी प्रर्दशनी, सांस्कृतीक ग्राम भ्रमण, छिम्केश्वरी देवीको मन्दिर, वनै भरि राताम्मै ढकमक्क फुलेकोे लालिगुराँस महोत्सवको आर्कषण रहेको वताईएकको छ ।
महाभारत श्रृखला पर्वतको रुपमा लिईने यस लेकमा आयोजित महोत्सवको १५ हजार दर्शकले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।लोपोन्मुख अवस्थामा रहेका पाँच औले, आर्किड, चिराईतो लगायतका जडिवुटीले र्दशकको ध्यान खिचेको महोत्सका सचिव केसीले बताउनुभयो ।दोस्रो पटक आयोजित यस महोत्सवमा अवलोकनका लागि पुगेका पर्यटकलाई होमस्टेमा राखिएको थियो ।
पहिलो छिम्केश्वरी महोत्सव भब्यरुपमा सफल भएपछि स्थानीयवासीहरुले दोश्रो महोत्सवको आयोजना गरेका हुन् ।यस अघि महोत्सवको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। जगदिशचन्द्र पोख्रेलले उद्घाटन गरेका थिए ।