राजेश रुम्बा लामा "अतृप्त"
केहि समय अघिको घटना भए तापनि त्यो दिन र मिति मलाई यकिन थाहा भएन,तथापी त्यो दिनको घटनाले मलाई निक्कै आलोचित मात्रै पारेन निक्कै तनाबमा पनि पार्यो | सधैं झैँ बिहान ७,८ बजे उठेर बिहानको नित्य कर्म सकेर ल्यापटप अघि बसें अनि नेपाल लगाएत विश्वका घटनाक्रम बुझ्न जान्न लग अन गरें समाचारमुलक वैवसाइटहरु | समाचार सुन्ने र हेर्ने गर्दा गर्दै हिजो ड्युटीमा लेखेर ल्याएको एक चेलीको कथा "गाउँ देखि कोठी सम्म कोठी देखि ..सम्म" Typing गर्न भुलेछु,त्यसलाई नि Typing गर्न तिर लागें |
बिहानको समय चियाको चुस्की संगै बिलाई गए झैँ कति छिटो दाल बसाल्ने समय पनि भएछ त्यो नि बसालें र पूर पुन: ल्यापटपनिर आइ उभिंदा त्यो कथा आधा मात्रै हुँदै थियो,कसैले फेसबुकमा मेसेज पठाएको संकेत पाएँ| खोलेर हेरें पनि |एक चिर परिचित वेब साइट संचालक र एक फेसबुक ग्रुपका एडविनको हुँ भन्ने ले पठाएको रहेछ | धेरै नेपाली माझ सु परिचित वेब साइट(हाम्रो संसार डट नेट) र फेसबुकको ग्रुप (हाम्रो संसार परवार) को एडविन हुँ भनेसी मैले राम्रै रेस्पोन्स देखाएँ |
हामी दुइले निक्कै छोटो समयमा निक्कै धेरै कुराकानी गर्यौं| जुन कुरा पछी म बिबादमा तानिंदा सबै सामु राख्न सकिन | किन कि त्यहाँ उसले मलाई पंगु बनाएको मात्रै होइन म आफु पनि पंगु बन्दै थिएं भन्ने कुराले मलाई लज्जित बनायो| किन कि त्यो निम्न स्तरका कुरा गरि बस्ने कसरि त्यो व्यक्ति हुन सक्छ जसले सबैले एककृत गर्दै छ? भन्ने कुराको सोंच समेत ममा थिएन |यो घटना भए लगतै धेरै ठाउँ बाट मेरा साथीहरुले धेरै मेस्सेज,छाड्नु भो,पठाउनु भो र यो घटनाले आफुहरु नि निक्कै दुखि भा'कुरा जानकारी गराउनु भो |
उसो त यही ग्रुपका एडविन अथवा हाम्रो संसारका संचालक उतम तामाङ्ग ज्युले पनि मेरो रचनाहरु सबै सामु शेर गर्दै साहित्यकार काइतेको कर्तुत भन्दै पस्किदै जान्छौं भन्दैहुनुहुन्थ्यो भने त्यसलाई साथ् दिंदै धेरै भन्दा धेरै जिज्ञासायुक्त भावमा मेरो खण्डन गर्दै थियो |
हो,त्यहि हामी दुइबीच भएको कुराकानीलाई सबै सामु राख्न नसक्दा कता कता आफैले आफैलाई ढाँटे जस्तो लागि रह्यो र उक्त बेला हामी दुई बिचको उक्त कुराकानी मेरो आत्मीय मित्र भोला थापा (जो तनहुं डट नेट)को संचालकले,हाम्रो परिवार डट नेटका संचालक उतम तामाङ्ग लगाएत धेरै धेरै साथीहरुले हेर्न जान्न खोज्नु भो,थियो |तर मैले त्यतिकै टारीदिएं । |तर अझै पनि उक्त कुराले केहि बिराए झैं,केहि लुकाए झैं र आफुले केहि अपराध गरें झैँ लागि रह्यो |त्यसैले सबै सामु उक्त बेला हामी दुइबीच भएको कुरालाई जस्ताका तस्तै राख्ने आँट गरेको छु | कृपया मेरा आदरणीय दाज्यु भाइ तथा दिदीबहिनी बिन्ति मलाई अन्यथा नलिनु होला,गलत नसोंच्नु होला |साथै त्यो
व्यक्तिले पक्कै पनि नक्कली आइडी बनाएको हो भन्ने लाग्यो त्यसैले उक्त व्यक्तिको नाम लिनी नाममा अरु नैतिकवान व्यक्तिहरुलाई मानसिक टचर नदिने मनसायले उक्त व्यक्तिको नाम यहाँ लिन चाहन्न |
उक्त व्यक्ति :हेल्लो ..राजेश जी
३ मिनेट पछी..
नमस्कार म हाम्रो संसारको संचालक
म:हजुर नमस्ते
उ:के छ हजुर?
म:ठिक्कै छ सर tnx
उ:गीत कविता गजल त धेरै लेख्नु हुन्छ नि ?
म:हा हा हा हाहा...यसो टाइम पास हो सर
उ:अलि गतिलो लेख्ने गर्नु ..
म:खै सर जानेको केहि छैन के गतिलो लेख्नु र हेहेहे ..
उ;किन नजानु खाली केटि फकाउने मात्रै लेख्छ
म:हाहहहः खै मलाई त त्यस्तो लाग्दैन सर त्यस्तो गर्न खोजेको पनि होइन
उ: लामा जस्तो किन नहुनु मलाई थाहा छैन र ...
म:....(म चुप चाप बसें केहि सोंचेर केहि बेर ............)
उ:हेल्लो रुम्बा ...हेल्लो कता भागिस ?
५ मिनेट पछी
म: हजुर यतै छु सर
उ:ओई किन नबोलेको?
म:सर म हल्का बिजी छु र थियो त्यसैले हो सरी है
उ;मुला केको बिजी?
म:सर कम नि गर्दैछु,सबै आफै गर्नु पर्छ
उ ओई सुन त....
म:हजुर ..(यतिकैमा मेरो क्लिनर बोइ आइपुग्यो र मलाई सोध्यो>;राजेश सर किचेनमा कसको दाल हो सबै डढेछ| धान्न आगो नबलेको..
म हतार हतार किचेन तिर लागें,साँच्चै दाल डढेर पेसरकुकर हाँडी जस्तै भएछ | उफ्फ्फ्फफ्फ्फ्फ़.....
afternoon shift duty का कारण १ बजे रेडी हुनु पर्छ खान खाएर | त्यसैले डढे पनि दहि र तरकारी संग भात खान्छु र ड्युटी जान्छु लागेर डढेको कुकरलाई पानीमा भिजाई rice कुकुरमा भात बसाली म लागें नजिकैको पसलमा दहि लिन|
पसल गइ दहि ली आएँ,आउन साथ् मन भरि कुरा खेल्दै थियो कहिल्यै नबोल्ने मान्छेले मलाई मुला,रे,गतिलो लेख्ने गर्नु रे..आदि आदि ...|
फेरी ल्यापटप निर बसें,त्यो मेरो कथा typing गरि नसकेकाले बिचैमा अड्कि रा'को थियो |यसो मेसेज हेरेको थिएँ मलाई त भन्न सम टन्न भनि छाडेछ यी यसरि :
रुम्बा फेरी भन्दै छु ,लेख्ने भए अलि गतिलो लेख म पहिले जसरि पब्लिश गर्दिन्छु नत्र नलेख बुझिस ..
सुनिस...ओई फेरी कता गैस? ओइ मुजी चि.........ने
धेरो नक्कल नपार,त्यो ग्रुप बाट पनि हटाइ दिन्छु
ओई बुझिस ?मुजी लेख्ने काम बन्द गर ..भरि देखि त्यो ग्रुपमा मैले नदेखोस....
यो मेसेज देखेर म त निक्कै अवाक भएँ,अनि रिप्लाई गर्न थालें
म:हेल्लो सर होइन हजुरले भन्न खोज्नु भाको केहो?मैले कसलाई के भने थिएँ र यस्तो धम्कि हँ?हेल्लो महाशय यति सारो तल खसेर मलाई यी शब्दहरु ? हेल्लो..........साला दिमाख खराब जाठा..|
अनि तत्काल त्यसको profile चेक गर्न थालें,तर त्यसले मलाई अघि नै ब्लक गरि सकेको रहेछ केहि देखिएन तर यता म भने भोको बाघिनी झैँ रिसले मुर् मुर्याई रहेका थिएँ | एक तिर दाल डढेको टेन्सन अर्को तिर कथा पुरा गर्न नसक्दा त्यै अँधुरो कथाले गिज्याए झैं लाग्दै थियो त अर्को तिर ड्युटी जाने समय हुने लाग्दै थियो,तर न त कपडामा आइरन लगाको छु न त खानै खाको छु| सारै फन फानी घुमे झैं लाग्यो | त्यो व्यक्तिलाई भेट्न सकेको भए काँचै मासु खाउ खाउँ झैँ लाग्यो |
अनि त्यहि रिस पोखे दिएँ "हाम्रो संसार परिवार"ग्रुपमा यसरि :"होइन यो हाम्रो संसार परिवारको संचालक को हो? चिन्न मन लागेको छ|यस्तो काइते काम पनि गर्ने हो?गुच्चा खेलाई बसे हुन्छ साथि|मैले कसैलाई यो ग्रुपमा बस्न र पस्न अनुनय गरे पनि थिएन र बस्न पनि छैन आफै हट्छु |" यति भनेर म आफै ग्रुप बाट हटें पनि हालें अनि कपडामा आइरन लाउदै गर्दा साथि भोला थापाले कल गर्नु भो र सोधी खोज गर्नु भो,मैले पनि सबै कुरा बाताएं| एकछिन पछी खानै नखाई फेरी ल्यापटप निर गैर बसें,त्यति नै खेर हाम्रो संसार र हाम्रो संसार परिवार ग्रुपका संचालक उतम तामाङ्ग ज्युले केहि मेसेज छाडी राख्नु भा रहेछ,मैले पनि उक्त मेस्सेज्को जवाफ दिएँ,यसै क्रममा उहाँबाट थाहा पाएँ उक्त व्यक्ति अरु कोहि नै हो र असल संचालक आफु रहेको कुरा | उहाँले फेरी पनि उक्त ग्रुपमा आउन अनुरोध गर्नु भो र उहाँले म प्रति पोखाउनु भाको रिस र अन्य साथिहरुको प्रतिक्रिया पनि हेर्न भन्नु भो| त्यो देखेर म लज्जित नि भएँ र झनै टुक्रीएं
|
उतम ज्युको भनाइ अनुसार कुनै बेला हामी भलाकुसारी यहीं भित्तोमा गरेका थियौं क्या र ,..तर उहाँ जस्तै विभिन्न वेब संचालक धेरै टाढा टाढाका दाज्यु हरु,साथीहरु हुनुहुन्छ अनि हामी कुनैपनि कुरा कानी गर्नु पर्दा अथवा समाचार एकार्कामा सम्प्रेसन गर्नु पर्दा मेल बाटै गर्ने गर्थ्यौं,र गर्छौं पनि त्यसैले भुलेछु | उहाँकै अनुरोधलाई मनन गरि पूर्ण पसें हाम्रो संसार ग्रुपमा,त्यहि मेरो पोस्टको मुन तिर कमेन्ट हेर्दै जाँदा पनि थाहा पाएँ कि कसले र किन म माथि यस्तो घटना निम्त्यायो भन्ने | किन कि त्यहाँ खुलम खुला सबैले देख्ने गरि नै भन्दै थियो मेरो रचना सहित यस्तो यस्तो लेख्नेलाई के भन्ने त? रे |त्यो चर्को बिरोद्ध देखेर हाँस्न मन नि लाग्यो टेन्सन माथि टेन्सन नि भयो.अनि खानै नखाई लागें ड्युटी | लोकेसन गैर फेरी त्यो ग्रुपमा हेरें,सबैले मेरो खेदो गरे झैं लाग्यो,अनि आफ्नै गल्ति हो भन्ने मनसायको दुइ शब्द लेखेर त्यो मैले पोस्ट गरेको डिलेट गर्ने निर्णय सहित घोषणा पनि गरि दिएँ |
हो यसरि कसैको सानो मजाकले त्यो दिन धेरैको नजरमा म गिरें,र मैले आफ्नो आवेशलाई रोक्न नसक्दा आफु निक्कै लज्जित हुनु परेको महसुश गरेको छु |
राजेश रुम्बा लामा "अतृप्त"