Responsive Ad Slot

latest

फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेलेर मनाइँदै I

Wednesday, March 7

/ by Admin BHOLA THAPA


काठमाडौँ, २४ फागुन ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेलेर मनाइँदैछ । आजै काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसहरूले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी जलाउँछन् ।
चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने गरिन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताका साथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ ।

यसैगरी ललितपुरमा उक्त दिन गाडिएको चीर आजै बागमतीमा लगेर सेलाइन्छ । आज राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने प्रथा छ ।

दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको हिन्दु धर्मशास्त्रहरूमा उल्लेख छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व भोलिमात्र मनाइन्छ ।

यसैबीच गत वर्षको तुलनामा अपरिचित पैदलयात्रीलाई लोलाहान्ने तथा अभद्र व्यवहारगर्ने कार्य छिटफुट वाहेक नगन्य रहेको महानगरिय प्रहरी कार्यालयले जनाएको छ । महानगरिय प्रहरी कार्यालयले यस वर्ष उपत्यका भित्र कडा सुरक्षा व्यवस्था अपनाउनुका साथै सवारी साधनबाट टोल तथा गल्लिमा समेत माइकिङ प्रचार–प्रसार गरिएको र यो अभियान भोलिसम्म जारिरहने जनाएको छ ।

यसैबीच होलीको नाममा जथाभावि लोला हान्ने फोहोर पानीले हान्नेलाई प्रहरिले नियन्त्रणमा लिनेत्रम जारी राखेको छ । हिजो साँझ सम्ममा मात्र राजधानीबाट एक सय नौ जनालाई नियन्त्रणमा लिएको छ । होलीको अवसरमा हुने विभिन्न विकृति र विसंगतिलाई रोक्न काठमाण्डौ उपत्यकामा नौ सयको सख्यामा सुरक्षा कर्मीलाई परिचालन गरिएको छ । साथै देशभर पनि सुरक्षा व्यवस्था मजबुद बनाईएको प्रहरिले जनाएको छ ।

सातदिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मिठामिठा खानेकुरा खाई रमाइलो गर्ने गर्दछन् । फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि विभिन्न तरिकाले मनाउने गरेको पाइन्छ । होली मनाउन यतिखेर देशभरका मुख्य मुख्य चोकमा हातमा सात रंग बोकेर एक आपसमा शुभकामना आदान प्रदान गर्दै होली मनाई रहेको हाम्रा सहकर्मीहरुले खबर पठाएका छन ।

होली मनाउन अलि बढि युवा पूस्तानै सक्रिय रहेको देखिएको छ । होली खेल्नका लागि चाहिने आवश्यक सामाग्रिको किन्न हिजै देखि पसलमा भिडभाड बडेको छ भने रंग र बेलुन बेचेरै भएपनि कमाई राम्रो भएको व्यवसायीहरुले प्रतिक्रिया दिएका छन ।


होली कै अवसरमा शुभकामना सन्देश दिनुहुदै उपराष्ट्रपति परमानन्द झाले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न यस पर्वको मूल उद्देश्य पनि हो भन्नुभएको छ । यसैगरि काँग्रेसका सभापति शुशिल कोईरालाले पनि शुभकामना सन्देश दिनुहूदै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्व मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृद्धिको बाटोतर्फ लैजान हामी सबैलाई प्रेरित गरोस् भनी कामना गर्नुभएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI