Responsive Ad Slot

latest

सवारी साधन अभावमा प्रहरीलाई सुरक्षा प्रबन्ध मिलाउन कठिनाई I

Monday, March 12

/ by Samsung
फागुन ३०- प्रहरीले स्रोतसाधन अभावमा सुरक्षा व्यवस्था मिलाउन कठिन गुनासो गरेको छ। दरबन्दीअनुसार प्रहरी र सवारी साधनको अभावले समस्या सिर्जना भएको जिल्ला प्रहरी कार्यालय,बाग्लुङका प्रहरी नायब उपरीक्षक कृष्ण सिवकोटीले बताए।

'आवस्यकता अनुसार स्रोतसाधन छैन, 'डिएसपी सिवाकोटीले भने, 'ग्रामिण क्षेत्रमा सडक निर्माण भएपनि सवारी साधन नहुँदा तत्काल पुग्न कठिन छ।' ४सय २७ दरबन्दी भएकामा आवस्यकता अनुसार दरवन्दी नभएको डिएसपी सिवाकोटीले बताए।' २३ जनाका दरबन्दी भएको ठाउँमा ९ जनाले काम चलाउँदै आएका छन्,' सिवाकोटीले भने।

बाग्लुङ जिल्लाका अधिकांश गाविसमा कच्ची सडक पुगेका भए पनि सवारी साधन अभावमा समस्या सृजना भएको हो। प्रहरीसँग अहिले तीन ठूलो मिनी ट्रक र दुई पिकअप भ्यानमात्र छन्। एक गाडी मर्मत् गर्ने खर्च नभएको भन्दै प्रहरीले त्यसै थन्काएर राखेको छ।

जिल्लामा प्रहरीकोलागि न्यूनतम १० सवारी साधन अत्यावश्यक भएको प्रहरीले जनाएको छ। भएका गाडीसमेत निकै पुराना भएकोले मर्मत् संहार गर्न कठिनाई भएको प्रहरीले जनाएको छ। 'कम्तिमा १० गाडीको आवस्यकता छ,' सूचना अधिकृत सैलेन्द्र खड्काले भने,' चार गाडीले काम चलाउँदै आएका छौँ।'

कुश्मिशेरा, बरेङ, भिमगिठे ईलाका प्रहरी कार्यालय, विहुँ, दोविल्ला प्रहरी चौकीकोलागि सवारी माग गरिहरेको खड्काले बताए। ' तत्काललाई थप छ ठाउँकोलागि सवारी माग गरेका छौँ,' खड्काले भने,'केन्द्रमा माग गरेको भए पनि सुनुवाई भएको छैन।'

जिल्ला प्रहरी, ट्राफिक प्रहरी, ईलाका प्रहरीमा आवश्‍यकताअनुसार सवारी साधन नहुँदा घटना घट्ने बित्तिकै प्रहरी पुग्न नसक्ना थप जटिलता आउने गरेको छ। हत्याको घटनामा सवारी साधनको अभावमा चार दिनमा शव ल्याएको इकाला प्रहरी कार्यालय बुर्तिवाङका इन्सपेक्टर दुर्गाप्रसाद श्रेष्ठ। 'सिसाखानीमा भएको घटनामा मृतकलाई ल्याएर पोष्टमार्टम गर्न चार दिन लाग्यो, 'श्रेष्ठले भने, 'त्यो अवस्थामा शव सडिसकेको थियो।'

बजारमा समेत सुरक्षा प्रबन्ध मिलाउनलको लागि यहाँ वित्तीय संस्था र सुन व्यवसायीले दिएका साइकलमा गस्ती गर्ने गरेको छ। विगतमा चोरीको मोटरसाइकल प्रयोग गर्दै आएको प्रहरीसँग अहिले एउटापनि मोटरसाइकल छैन।

सवारी साधनको अभावमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुई साइकलको सहयोगमा ट्राफिक व्यवस्था मिलाउँदै आएको छ। सवारी साधनको नाममा मोटरसाइकल पनि छैन,' निमित्त ट्राफिक प्रमुख हरि क्षेत्रीले भने,' साधन नहुँदा दुर्घटना हुँदाको समयमा निकै समस्या पर्ने गरेको छ।' १५ दरबन्दी रहेको ट्राफिक प्रहरीमा १० जनामात्र छन्।

Don't Miss
© all rights reserved
made with by netKUTI