धन बस्नेत,
पोखरा, २२ फागुन । थकालीहरुले महान पर्व तोरन्ल मेर-फागु पूणिर्मा) शुरु भएको छ । पर्व पाँचदिनसम्म मनाइन्छ । थकाली समुदायहरु झाँकीसहित नदीपुरस्थित थकाली सेवा समितिमा पुगेर पर्वको विधिवत रुपमा उदघाटन गरिएको थियो । आफनो मौलिक भेषभुषामा सजिदैं तोरन्ल मेरमा झण्डै तीन सय सहभागि थिए । पोखरामा २०११ सालबाट पर्व मनाउन शुरु गरिएको हो । त्यसभन्दा अघि मुस्ताङमा मनाउदै आएका थिए । फागुन महिनामा पर्ने फागु पूणिर्माको अवसरमा स्वदेशमा रहेका थकाली समूदाय एकै ठाँउमा अनिवार्य रुपमा भेला भई पर्वलाई भव्य रुपमा मनाउने गरिएको छ ।
पर्वमा पुरुषहरुले तारा हान्ने-धनुष वाण) खेल र महिलाहरुले ढंगाको गोट्टलाई नाना भोटेभन्दै खेल्ने प्रचलन रहेको ६२ वषिर्य विमल शेरचनले बताए । वर्षदनको पर्वमा भोट र मधेश पुगेका थकाली समुदाय फागुनमा अनिवार्य उपस्थिति हुनुपर्ने नियम थियो । तर समयको परिवर्तनसँगै विदेशमा बस्ने समुदायले पनि तोरन्ल पर्व मनाउने गरेका छन् । पोखरा, मुस्ताङ थाकखोला र काठमाडौंमा थकाली समुदायले पर्व मनाउँदै आएका छन् ।
पोखरामा झण्डै तीनसय थकाली समुदायको बसोबास रहेको छ । समुदायले तीनदिनसम्म दिवंगत पितृहरुको लागि चोखोपानी चढाउँदै पूजा गर्ने परम्परा रहेको उनले बताए । मार्फ र तीन गाउँले थकाली समूदायले मनाउने गरेका छन् ।