Responsive Ad Slot

latest

कवुलेति वनले जिविको पार्जनमा टेवा I

Sunday, March 11

/ by Admin BHOLA THAPA
नारायण सापकोटा
चितबन २८ फागुन । समुदायलाई कवुलेति वन हस्तान्तरण गरे पछि वन व्यवस्थापन हुनुका साथै जिविको पार्जनमा टेवा पुगेको छ । समुदायलाइृ कवुलेति वन हस्तान्तरण गरे पछि त्यसको व्यवस्थापन, संरक्ष्ँण र उत्पादनले समुदायको जिवन यापनमा परिवर्तन ल्याएको जिल्ला वन कार्यलय चितवनका सहायक वन अधिकृत बाबुराम उप्रेतीले वताउनु भयो ।

जिल्ला वन कार्यलय चितवनले आर्थिक वर्ष २०५२ साल देखि समुदायलाई कवुलेति वन हस्तान्तरण गर्दै आएको छ । अहिले सम्म चितवनमा ३ सय ६३ वटा कवुलेति वनहरु समुदायलाइृ हस्तान्तरण गरिसकेको छ । जसको १५ सय ६३ दशमलव ६२ हेक्टर क्षेत्रफलका रहेको छ । विशेष गरी पहाडी गाविस र प्रयोग विहिन भएका जमिनहरुलाई कवुलेति वनको रुपमा हस्तान्तरण गरी उपयुक्त जडिवुटी र डाले घास, वोट विरुवा, फलफुल रोप्न लगाएको पाईएको छ ।


यसरी खेर गएको जमिनमा वोट विरुवा रोप्न लगाई समुदायलाइृ कवुलेति वनको रुपमा हस्तान्तरण गर्दा स्थानियहरुले वनबाट विभिन्न किसिमका उत्पादनहरु गरेको जनाएको छ । विशेष गरी स्थानियहरुले कवुलेति वनबाट अम्म्रिसो, बास, उत्पादन गरी आम्दानीको स्रोत वनाएको उप्रतीको भनाई छ । यद्यपी कवुलेती वन समुदायलाई हस्तान्तरण गरे पनि स्थानियले उत्पादन गरेको वस्तुले बजार भने पाएका छैनन् ।


जसले गर्दा जिल्ला वन कार्यलयले कवुलेती वन समिति गठन गर्न रोक लगाई गठन गरिएको समुहहरुलाई वनको व्यवस्थापन कसरी गर्ने, उत्पादीत वस्तुको बजारीकरण कसरी गर्ने, र आवश्याक भौतीक तथा प्राविधिक सहयोग दिने योजना जिल्ला वन कार्यलयले बनाएको सहायक वन अधिकृत बाबुराम उप्रेतीको भनाइृ छ ।


कवुलेती वनको विकास गरे पछि जिल्ला वन कार्यलय बाट वार्षिक ५ हजार विरुवा वितरण गर्दै
Don't Miss
© all rights reserved
made with by netKUTI