नारायण सापकोटा
भरतपुर १६ चैत । एकिकृत नेकपा माओबादीको बैद्य समुहले २ महिने आन्दोलनका कार्यक्रम घोषणा गरे लगतै आन्तरिक प्रशिक्षणलाई तिब्र पारेको छ । आगामी १९ गतेदेखी आन्दोलन शुरु गर्ने घोषणा गरेको बैद्य समुहले बिभिन्न जिल्लामा आन्तरिक प्रशिक्षलाई तिब्र पारेको छ ।
यसैबिच चितवनमा पनि आज एक दिने प्रशिक्षण आयोजना गरिएको छ । एकिकृत नेकपा माओबादीका महासचिव रामबहादुर थापा बादल सहितको केन्द्रिय नेताहरुको समुहले आज ३ जिल्लाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिदैछन् । पार्टि कार्यालय कृष्ण्ँपुरमा आयोजना गरिएको प्रशिक्षणमा चितवन,धादिंङ र मकवानपुरका गरी १ सय ५० भन्दा बढी कार्यकर्ताको सहभागीता रहेका छन् ।
प्रशिक्षणमा एकिकृत नेकपा माओबादीका केन्द्रिय सदस्य सुर्य सुबेदी पथिक र सभाषद अमृता थापा मगरको पनि सहभागिता रहेको छ ।
ऐन लागु गराउन आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने
नारायण सापकोटा ÷ चैत्र १६ भरतपुर
चितवनका श्रमजीवी पत्रकारहरुले सरकारले निर्धारण गरेको ऐन कार्यान्वयनका लागि निर्णायक आन्दोलन गनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ चितवनले स्थापना दिवसको अवसरमा आज भरतपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी श्रमजीवी पत्रकारहरुले ऐन पूणर््ँ रुपमा लागु गराउन
आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
पहिलो चरण्ँको आन्दोलन सकिदा“ समेत सञ्चार उद्यमीहरु जिम्बेवार नभएको भन्दै अवको आन्दोलन निणर््ाँयक हुनुपर्नेमा उनीहरुले जोड दिका हुन् । उनीहरुले ऐन कार्यान्वयन गर्नका लागि उद्यमीहरुलाई जिम्मेवार हुन आग्रह समेत गरेका थिए । महासंघ पत्रकार शुद्धिकरण्ँको अभियानमा पनि लाग्नुपर्ने उनीहरुको भनाई थियो ।
नेपाल पत्रकार महासंघको ५७ औं स्थापना दिवसको अवसरमा महासंघ चितवनले श्रमजीवी पत्रकार ऐन पुणर््ँ रुपमा लागु गर्ने गराउने विÈयमा भएका आन्दोलनको समिÔा र भावी कार्यक्रमका रण्ँनीतिका बिÈयमा समेत आज छलफल भएको थियो । कार्यक्रममा महासंघका अध्यÔ जनक अर्यालले श्रमजिवि पत्रकारहरुका तर्फबाट महासंघमा एउहा पनि उजुरी नआएको बताउनुभयो ।
सो अवसरमा प्रेस यूनियन चितवनका सभापति बसन्त पराजुलीले श्रमजीवी पत्रकार ऐन कार्यान्वनका लागि
आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका प्रेस चौतारिका अध्यक्ष शालिग्राम नेपाल, क्रान्तिकारी पत्रकार संघ चितवनका संयोजक शुरेस चन्द्र अधिकारी लगायतका चितवनका क्रियाशिल श्रमजीवी पत्रकारहरुको सहभागीता रहेको थियो ।