Responsive Ad Slot

latest

दिनभर बुटवल तनाब ग्रस्त I

Saturday, March 17

/ by Admin BHOLA THAPA

- ५ लाखमा सहमति
-प्रहरीले अश्रुग्यांस हान्यो
कपिल ज्ञवाली
बुटवल ४ चैत्र । देबदह ९ चरङ्गेका ३४ बर्षिय केम बहादुर कामु मगरको उपचारमा लार्पबाहिका कारण ज्यान गएको बिषयमा आज दिनभर बुटवल तनाब ग्रस्त बन्यो । उपचारको क्रममा डाक्टरहरुले लार्पबाहि गरेका कारण ज्यान गएको भन्दै दोषिलाई कारबाहिको माग गर्दै आफन्तजनले लुम्बिनी नर्सिङ् होम अगाडि बिहानै देखि प्रर्दशन गरेका छन् । हर्निया रोगका बिरामी केम बहादुर कामु
मगरलाई हिजो शुक्रबार दिउसो २ बजे आफन्तजन तथा परिबारले उपचारको लागि नर्सिङ् होममा भर्ना गरेको र ६ घण्टापछि अप्रेस
न थ्रिएटरमा लगेपछि थप उपचारका लागि अस्पतालले भरतपुर रिफर गरेको बताईएको छ । तर परिबारजनले भने नर्सिङ् होममै उहाको ज्यान गएको र ढाकछोपका लागि रिफरको नाटक रचिएको मृतक मगरकी श्रीमति सुनिता कामुले बताउनुभयो । उपचारमा संलग्न डाक्टरहरु लक्ष्मी पाठक र नगेन्द्र ज्ञवाली रहेको भन्दै उनिहरुलाई कारबाहि गर्नुपर्ने, पिडितलाई क्षतिपूर्ति दिनुपर्ने, २ बालबच्चालाई पढाईको ब्यबस्था गर्नुपर्ने,श्रीमतिलाई रोजगारको ब्यबस्था गरिनुपर्ने लगायतका बुदामा प्रशासन संग सहमति पछि अपरान्ह ३ बजेबाट बिरोधका कार्यक्रम स्थगित भएका छन् ।

मृतक मगरका ३ श्रीमती मध्ये जेठी बिदेशमा,कान्छी पाल्पा तथा माईली उनिसंगै बस्दै आइकी थिईन् । माईलीका ५ र १२ बर्षिय २ छोराछोरी छन् । शनिबार आज बिहान आफन्तहरुले बिहान नर्सिङ होमका केहि सिसाहरु तोडफोड गरेका थिए । पिडित पक्षको बिरोधका कारण केहि घण्टा बुटवलको शडक अबरुद्ध भई यातायात प्रभाबित बनेको छ ।

यातायात खुलाउनका लागि प्रशासनले बुटवलको चोकचोकमा बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ भने प्रहरीले भिडलाई तितरबितर पार्नका लागि केहि सेल अश्रुग्यास हानेको थियो । पिडित पक्ष र प्रशासनबिच बुटवलको इलाका प्रहरी कार्यालयमा इलाका प्रशासन बुटवलका प्रमुख बलराम अर्याल तथा पिडित पक्षका बिचमा बार्ता भएको हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI