Responsive Ad Slot

latest

मुक्तकहरु I

Thursday, March 1

/ by Admin BHOLA THAPA
1.जव भगवान मन्दिर, मस्जित, स्तुप भएर आयो

मलाई लाग्छ त्यहिँदेखि ऊ कुरुप भएर आयो

ढुङ्गे देवता र यो सरकार त उस्तै उस्तै लाग्छ

जो हाम्रा सवालहरुमा निरन्तर चुप भएर आयो



2.जव स्वार्थहरुले यि मान्छेहरुमा बास वनाउँछन्

मलाई थाहा छ कि लास कि सर्वनास वनाउँछन्

प्रेममा त रमाउनु पर्ने हो ऊ( किन छट्पटाइरहेछ

लाग्छ प्रेमीहरुले पनि यहाँ उस्तै दास वनाउँछन्



3. रातको स्वागतमा जब जुनकिरीहरु दियो जगाउँछन्

लाग्छ हजार प्रेमीहरुले तब भावी योजना वनाउँछन्

गास, बास, कपासका लागि यहाँ त मुग्लानै पस्नुपर्छ

यस्तै कुराले हर प्रेमीहरुको मनमा आगो लगाउँछन्



4 .सोझो मारिन्छ, निमुखो थिचिन्छ, चलन यस्तै छ

अनि धर्मका खातिर ढुङ्गो पुजिन्छ, चलन यस्तै छ

बडो धुमधामले मुख्य चोकमा शालिक वनाइन्छ

जव वनाइन्छ अनि शिर ढालिन्छ, चलन यस्तै छ





5.सच्चा प्रेममा त युग युग जित्छन्, हार्दैनन् प्रेमीहरु

सपनाका रङ्गिन फूल फुलाउँछन्, झार्दैनन् प्रेमीहरु

जाति,वर्ग,रङ्ग भेद जान्दैनन्, प्रेमीहरु प्रेम नै गर्छन्

आस्था र विचार नमिल्दैमा मान्छे, मार्दैनन् प्रेमीहरु







अमृत सुबेदी गुराँस,

तनहुँ

मोवाइल–९८४६२४४९७६
Don't Miss
© all rights reserved
made with by netKUTI