सन्तोष पोखरेल,
पोखरा, ११ चैत । पौडी खेल्ने क्रममा फेवातालमा डुबेर शनिबार दिउँसो एकजना स्वीडेनका पर्यटकको ज्यान गएको छ। पौडी खेल्नेक्रममा डुबेका ५६ वर्षीय केजेल गनर रोजरको ज्यान गएको कास्की प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दिउँसो पौने तीन बजे फेवातालको पल्लो किनारमा पौडी खेलेका उनी एक्कासी डुबेका थिए। प्रहरीले सवा चार बजे उनको शव फेला पारेको थियो। मृतकको शव अहिले अहिले गण्डकी अञ्चल अस्पतालमा राखिएको छ।
प्रहरीका अनुसार धेरैदिन अघि पोखरा आएका उनको राहदानी नम्बर ८४०५८१३२ रहेको छ। उनी लेकसाईडस्थित मयुर होटलमा बस्दै आएका थिए। नागरिक