नारायण सापकोटा ,
चितबन २१ फागुन । पछिल्लो पटक सवारी साधन चोरीहुने क्रम बढेपछि जिल्ला ट्राफिक कार्यालय भरतपुरले छडके चेकजाचलाई तीब्र पारेको छ । सशस्त्र प्रहरीको सहयोगमा ट्राफिक प्रहरी कार्यालय चितवनले छड्के चेकजाचलाई तीब्र पारेको हो । प्रहरीले सातामा तीनचार पटक सम्म अभियानकै रुपमा छड्के चेकजाचलाई तीब्रता दिएको हो ।
अभियान अन्तर्गत आज पनि ट्राफिक कार्यालय चितवनले चितवनका विभिन्न स्थानमा छडके चेकजाच गरेको छ । सातवटा टोलीमा चितवनको सदरमुकाम भरतपुर र आशपासका बजारहरुमा छडके चेकजाच गरिएको ट्राफिक कार्यालय चितवनले जनाएको छ ।
चेकजाचको क्रममा धेरै जसो सवारी चालकहरुले ट्राफिक नियम पालना नगरेको भेटिएको ट्राफिक कार्यालयका प्रमुख कृष्ण भट्टले जानकारी दिनुभयो । ‘ ट्राफिक नियम पालना नगर्ने लाई आवश्यकता अनुसार जरिवाना अशुल गर्ने गरिएको उहा“को भनाई छ । ‘ एकदिनमा मात्रै दर्जनौं सवारी चालकहरु कावार्हीमा पर्ने गरेका छन ’ उहा“ले भन्नुभयो । विभिन्न स्थानमा आज गरेको छडके चेकजाचको क्रममा १ सय ३७ सवारी साधन कावार्हीमा परेको छ ।
विशेष गरी छडके चेकजाचको क्रममा मोटर साईलकलाई धेरै प्राथामिकता दिएको छ । केही महिना यता सवारी साधनमा मोटरसाइकल चोरीहुने क्रम बढ्े संगै मोटरसाइकल मार्फत अपराधिक क्रियाकलाप हुने गरेको कारण मोटरसाइकल चालकलाई धेरै प्राथामिकता दिएको कार्यालयको भनाई छ ।
मोट्र साइकल चालकले हेलमेट लगाएको नलगाएको, सवारी साधनको विलबुक भएको नभएको, क्षमता भन्दा बढी सवार भएको लगाएतका विषयमा ट्राफिक प्रहरीले चेकजाच गर्ने गरेको हो । आजमात्रै कावार्हीमा परेका सवारी चालकहरुवाट १५ हजार तीनसय राजश्व समेत संकलन भएको ट्राफिक हवल्दार प्याम नारायण पौडेलले जानकारी दिनुभयो । छडके चेकजाच संगै चितवनमा अपराधिक क्रियाकलाप न्यूनिकरण हुने विश्वास गरिएको छ ।