कपिल ज्ञवाली
बुटवल २२ फागुन । तिनाउ नदीको बहाब क्षेत्र निर्धारण गरि अत्याधिक हुने दोहनलाई रोक्नुपर्ने एक कार्यक्रममा औंल्याईएको छ । मोटो आम्दानी हुने नाममा जिल्ला बिकास समितिले अनियन्त्रीत रुपमा भैरहेको तिनाउ दोहनलाई पूर्ण रुपमा रोक्न नसकेको सहभागिले टिप्पणी गरे ।
तिनाउ छेउमा सुकुम्बासीको नाममा अब्यबस्थित बसोबास गरेकाहरुलाई धपाउनुको साटो सरकारले जनताको तटबन्धको नाममा उनिहरुलाई ढाडस दिई बस्ती बसाल्न प्रोत्साहित गरेको भन्दै अब्यबस्थित बस्तीले तिनाउ दोहनलाई अझ तिब्र पारेकोमा चिन्ता ब्यक्त गरिएको थियो ।
तिनाउको दोहन तिब्र भई सर्बत्र चिन्ता ब्यक्त गरिएको बेला प्रेस चौतारी नेपाल रुपन्देही शाखाकोे आयोजनामा रुपन्देहीको शंकरनगरमा आयोजित तिनाउ नदी संरक्षणमा सरोकारवालाको भूमिका बिषयक अन्तरक्रियामा बोल्ने बक्ताहरुले तिनाउमा भैरहेको अनियन्त्रित दोहन रोकेर पर्यावरणीय सन्तुलन राख्न सरोकारवालाहरुसंग आग्रह गरेका छन् ।
रुपन्देही जिल्लाको लागि बरदान बनेको तिनाउलाई पैसा कमाउने भांडो बनाएको प्रति सहभागिहरुले खेद प्रकट गरे । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले तिनाउमा प्राबिधिक अध्ययन,निरिक्षणको अभाब रहेको भन्दै अनियन्त्रीत दोहन रोक्न प्रशासनबाट आफ्नो सहयोग सधैं रहने बताउनुभयो ।
नदीजन्य पदार्थको निकासी रोक्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै पाडेलले रात्रीमा हुने उत्खनन् रोक्नका लागि प्रहरी चेकजांच र रात्री गस्ती बढाउने आश्वासन दिनुभयो । उहाले रोडाढुङ्गा ब्यबसायिहरुले अत्याधिक दोहन गरि नदीजन्य बस्तुको उत्खनन्मा मनोमानी गरेको आरोप लगाउनुभयो ।
स्थानिय बिकास अधिकारी नारायण ज्ञवालीले जिबिसले उत्खनन् रोकेमा बिकास निर्माणका काममा प्रत्यक्ष असर पर्ने बताउदै नागरिलाई सोहि अनुसारनै संबेदनशिल बनिदिन आग्रह गर्नुभयो ।
निकासी प्रतिबन्ध लगाउनका लागि सरकारले नीति बनाउनुपर्नेमा उहाको जोड थियो । ज्ञवालीले तिनाउको बहाब क्षेत्र निर्धारण गर्न ५ सय मिटर बहाब क्षेत्र राख्नुपर्ने पनि जानकारी दिनुभयो । “दोहन गर्ने नहुने भन्ने होईन” उहाले भन्नुभयो –हामी ब्यस्थित रुपमा अगाडि बढ्न चाहन्छौं ।
त्यस्तै रुपन्देही प्रहरी प्रमुख रबिन्द्र नाथ रेग्मीले प्रहरी प्रशासन नागरिकका पक्षमा रहने भन्दै तिनाउ बचाउका लागि आफू जुनसुकै हद सम्म लाग्न तयार रहेको औंल्याउनुभयो ।
रेग्मीले हामी सबै तिनाउ दोहनकाा अपराधि भएको भन्दै तिनाउले दोहनकर्तालाई कारबाहि गर्ने बताउनुभयो ।
बाताबरण पत्रकार संघका रुपन्देही अध्यक्ष डिआर घिमिरेले दिनमा रोकिएपनि रात्रीमा उत्खनन् भएको दाबि गर्दै अनुगमनका क्रममा तिनाउमा ११ मिटर गहिरा खाडल भेटाएको बताउनुभयो ।सचेनतामुलक कार्यक्रम गरेर यसलाई कम्तिमा १० बर्षका लागि रोक्नुपर्छ –घिमिरेले भन्नुभयो “तिनाउ उत्खनन् पूर्वको स्थितीमा आउनका सबैको प्रतिबद्धता सहित लाग्नुपर्र्छ ।” १६ ÷३६ सिंचाई प्रणालीका पूर्व सभापति रोमणी प्रसाद पाठकले तिनाउको बहाब क्षेत्र कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
उत्खनन् गरेर भू–माफियाले तिनाउको स्वरुप नै बिगारेर सिंगो जिल्ला नै जोखिममा पारेको तर्क गर्नुभयो ।नदीलाई स्वतस्फूर्त रुपमा बहन दिनुपर्नेमा जोड दिदै पाठकले मानव बस्तीले तिनाउलाई फोहोर बिसर्जनको रुपमा प्रयोग गरेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।
रोडा ढुङ्गा ब्यबसायि संघका अध्यक्ष शिब पाठकले आफूहरुको ब्यसायलाई राज्यले नै प्रोत्साहन गरिसंचालनमा ल्याएको भन्दै अहिले दोष जति ब्यबसायिलाई थोपरेकोमा रोष प्रकट गर्नुभयो ।
चौतारीका जिल्ला अध्यक्ष प्रदीप आचार्यको अध्यक्षता तथा सचिब बिपि गौतमको संचालनमा भएको कार्यक्रममा जनताको तटबन्धका कार्यालय प्रमुख गोबिन्द पौडेल, पत्रकार महासंघ रुपन्देहेका अध्यक्ष दीपक ज्ञवाली,पे्रस चौतारीका केन्द्रिय सदस्य दिनेश पाण्डे,रोडा ढुङ्गा ब्यबसायि संघका सचिब छबि पाठक,माधब पाठक,लगायतले बोल्दै तिनाउ संरक्षणमा सबैको सामुहिक प्रतिबद्धता जरुरी रहेको बताएका थिए । उनिहरुले तिनाउमा अझैपनि नदीजन्य बस्तु निकासीका लागि प्रयोग हुने स्काभेटर जस्ता उपकरणले बुटवल बासीको नै भबिश्य अन्यौलमा पारेकोमा चिन्ता पनि गरेका थिए ।