दीपक पौडेल / दोहा
भारतको उत्तर प्रदेशस्थित वाराणसीबाट वि.सं. १९९३ (सन् १९३७) देखि प्रकाशित हुँदै आएको नेपाली साहित्यिक त्रैमासिक पत्रिका ‘उदय’ले जुलाई २०१२ को अङ्कलाई कतार विशेषाङ्कको रुपमा प्रकाशित गर्ने निर्णय गरेको छ । कतार विशेषाङ्कका लागि अतिथि सम्पादकमा साहित्यकार जय छाङ्छाको चयन गरिएको छ । साहित्यकार जय छाङछा कतारस्थित नेपाली दुतावासमा हाल कार्यवाहक राजदुत पनि हुन् ।
उदयको नेपाली साहित्य संसारमा विशिष्ट योगदान रहेको छ । उदयले अग्रज स्रष्टाहरु महाकवि देवकोटा, कवि शिरोमणि पौड्याल, युगकवि श्रेष्ठ लगायतका विशिष्ट श्रष्टाहरुको प्रारम्भिक रचनाहरु प्रकाशित गरेर साहित्य सेवा पु¥याएको थियो । ‘कतार विशेषांक हाम्रा लागि गौरवको विषय हो’ छाङछाले भने ।
कतारमा विविध पेशामा आवद्व रही नेपाली साहित्यका विविध विधामा श्रृजनारत साहित्यकर्मीहरुलाई आप्mना उत्कृष्ट, मौलिक र अप्रकाशित रचनाहरु १५ मे सम्ममा उपलव्ध गराइदिन छाङछाले अपिल गरेका छन् ।