एजेन्सी, ८ चैत्र ।
मेक्सिकोको दक्षिणी भागमा शक्तिशाली भूकम्पले ल्याएको विनाशका कारण हजारौँ मानिस घरबार विहिन बनेका छन् ।
७ दशमलव ४ रेक्टर स्केल बराबरको उक्त भूकम्पका कारण ८ सय भन्दा बढी घरहरु पूर्ण रुपकमा क्षती ग्रस्त भएपछि उनीहरु विस्थापित भएका हुन् ।
भुकम्पले राजधानी मेक्सिको सिटिमा समेत शक्तिशाली कम्पन उत्पन्न गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ । भूकम्पले मेक्सिकोको इगलापा शहर आसपास धेरै संख्यामा घरहरु भत्केपनि कुनै मानविय क्षती भने नभएको जनाइएको छ ।
उक्त भुकम्प गएको १ घण्टा पछि त्यहाँ भुकम्पको अर्को धक्का समेत महसुस गरिएको बताइएको छ । मेक्सिकोमा बारम्बार भुकम्पका घटनाहरु भइरहने हुँदा त्यहाँका जनता यस प्रति सचेत रहेको र धेरै भौतिक संरचनाहरु भुकम्प प्रतिरोधि बनाइएकाले क्षति कम भएको अधिकारीहरुले बताएका छन् ।
मेक्सिकोमा सन् १९८५ मा गएको विनाशकारी भुकम्पले झन्दै १० हजार मानिसको ज्यान गएको थियो ।