Responsive Ad Slot

latest

कतार पुलिस क्लबबाट नेपाली दर्शकहरुलाई भारी पुरस्कारको साथ खेल हेर्न आमन्त्रण I

Monday, March 5

/ by Admin BHOLA THAPA

रवि रोषी,
दोहा ५ मार्च। कतार पुलिस क्लवको आयोजनामा कतारको अलसाद स्पोर्ट्स क्लवमा कतार पुलिस क्लव समूह बीच फुटवल फाईनल खेल सम्पन्न हुन गईरहेको छ । नेपालीहरुको खेल प्रतिको मोहलाई मध्यनजर गर्दै कतार सरकारको तर्फबाट कतार पुलिस क्लवले नेपालीहरुको प्रवेशको लागि मात्र २ हजार निशुल्क टिकटको व्यवस्था गरेको छ ।

उक्त फाईनल खेल व्यवस्थित रुपले हेर्ने व्यवस्था मिलाउन कतार पुलिस क्लव संग गैर आवासीय नेपाली संघ दोहाले समन्वय गरेको छ भने खेल स्थलको परिसर बाहिर गैर आवासीय नेपाली संघबाट खटाईएका नेपाली स्वयंसेवकहरु बाट टिकट प्राप्त गर्न सकिने जानकारी पनि संघका अध्यक्ष अमृत गुरुङले जानकारी गराए ।

गैर आवासीय नेपाली संघ दोहा कतार तथा कतारका सम्पुर्ण उपस्थित नेपाली दर्शकलाई भारी पुरस्कार तथा पूर्ण सम्मानको साथ आमन्त्रण गरिएकोमा गैर आवासीय नेपाली संघको तर्फबाट दर्शकहरुको उपस्थितीको लागि अपेक्षा राखेको कतारको पुलिस क्लवलाई भारी उपस्थिती दर्शाई खेल सम्पन्न पारिदिनु हामी सवैको कर्तव्य हो , गुरुङले भने । २० जना स्वयंसेवक खटाईने जानकारी दिँदै टिकट पनि स्वयंसेवकबाट खेल स्थलको बाहिरी परिसरमा पाउन सकिने जानकारी दिँदै नेपाली दर्शकहरुको लागि अलसाद स्थित रंगशालाको ५ र ६ नं. गेट खुल्ला रहने बताए ।

३० मार्च २०१२ शुक्रवार ठिक ३ बजेबाट आरम्भ हुने सो खेलमा प्रथम प्रवेशीहरुलाई प्राथमिकता दिईने जानकारी गराउँदै १ बजे नै खेल स्थलमा गई टिकट लिनुपर्ने जानकारी पनि महासचिव क्रान्ति सिंहले जनाए । प्रवेश टिकटमा कतार पुलिस क्लवले थुप्रै भाग्यशाली पुरस्कारहरु पनि राखेको जानकारी गराएको छ ।

जसमध्ये उपस्थित भाग्यवान दर्शकहरु मध्ये १६ जनाले कार , ५ वटा स्पोटर््स बाईक ५ जनाले, सामसुङ टच मोवाईल ३ हजार जनाले, १ हजार रियालको दरले १ सय जनाले र सम्बन्धित देशका नागरिकहरुलाई आफ्नो देश आउन जाने दुईतर्फी टिकट ५० जनाले पाउन सक्नेछन् ।

कतारमा रहेका सम्पुर्ण फुटवल प्रेमी दर्शकहरुलाई खेल हेरी मनोरञ्जनको साथै आफ्नौ भाग्य अजमाउन अनुरोध गर्दै अति व्यवस्थित, मर्यादित भई शान्त नेपालीको परिचय दिन शान्तीपुर्ण ढंगले नेपाली दर्शकहरुलाई खेल हेरी सफल बनाईदिन गैर आवासीय नेपाली संघका महासचिवले प्रेषित सूचनामा अनुरोध गरेका छन् । कतार पुलिस क्लवले खेल गराफा क्लवमा हुने भनी पहिले भनिए पनि हाललाई उक्त फुटबल खेल अलसाद स्टेडियममा सरेको पनि प्रेषित सूचनामा उल्लेख गरिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI