तनहुँ २७ फागुन,
शिक्षक हकहितका कुरा चलिरहेका बेला र हक हितका नारा बोकेर आन्दोलन गरिरहेका बेला रिगल पव्लिक स्कुल दुलेगौडा ९ मिलडाँडाका प्रिन्सिपल रामजीसिंङ्ग ठकुरीले आफ्नै विद्यालयका एक शिक्षकलाई पिटेर घाईते बनाएका छन् । मा।वि। स्तरमा विज्ञान र गणित विषयमा अध्यापन गराउने कास्कीकोटका शिक्षक याम प्रसाद सुवेदीलाई विगत ५ महिना देखी कुनै तलव नदिएको र तलव माग्ने क्रममा प्रिन्सिपल ठकुरीले पंञ्चिङ्ग मेसीन र स्पीकरले हानेर घाईते बनाएको शिक्षक सवेदीले जानकारी दिनुभयो ।
शिक्षक याम प्रसाद सुवेदीलाई यस्तो गर्नुभएछ नी भन्ने प्रश्नमा प्रिन्सिपल ठकुरीले यो हाम्रो आन्तरिक कुरा हो यसलाई सार्वजनिक नगरिदिनु होला भन्ने अनुरोध गरेका थिए । सरकारी विद्यालयका शिक्षकहरुले स्थायी न्यूक्तीका माग राखेर आन्दोलन गरीरहेका बेला निजी विद्यालयका शिक्षक माथिको यो आक्रमण भएको छ । घाईते शिक्षकको सेती गंगा सममूदायक अस्पतालमा उपचार भैरहेको छ । घाईते सुवेदीको टाउकामा ६ ओटा टाका लगाईएको सेती गंगा सामूदायिक अस्पतालले जानकारी दिएको छ ।